जडिबुटी प्रशोधन केन्द्रमा आगलागी शंकास्पद

जडिबुटी प्रशोधन केन्द्रमा आगलागी शंकास्पद

उदयपुर : उदयपुरको रौतामाई गाँउपालिका–७ मुर्कुची बजारमा रहेको थापा जडीबुटी प्रशोधन केन्द्रमा बिहीबार साँझ भएको आगलागी घटनालाई प्रहरीले शंकास्पद रहेको जनाएको छ। विगत १५ दिन यता बजार आसपासका क्षेत्रमा श्रृखलाबद्ध आगलागीका घटनाहरु घटेसँगै  प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान सुरु गरेको हो ।

‘दैनिकजसो वंगुरका खोर, मतान, परालमा आगलागीका घटना घटेको स्थानीयबाट जानकारी आएको छ' घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले भने, ‘त्यही श्रृखलाबाट यो घटना पनि घटेको हुनसक्ने हाम्रो अनुमान छ’ अनुसन्धान गरी सत्य तथ्य चाँडै बाहिर ल्याइने एसपी राईले दाबी गरे ।  

 एसपी राईले लगातार घटना घटेकोबारे प्रहरीलाई जानकारी नहुँदा ठूलो घटना घटेको बताए । घटना साना, ठूला जस्ता भएपनि समयमा प्रहरीलाई जानकारी गराए समाधान खोज्ने र सम्भावित ठूलो रोकन सजिलो हुने उनको भनाई छ । 

१५ दिनमा आगलागीका चार घटना घटेकाले वाहिरबाट भन्दा पनि यसमा बाहिरका भन्दा पनि स्थानीय कै संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । केहिदिन अघि स्थानीय जगत आलेमगरको वंगुर खोरमा आगलागी हुँदा वंगुर जलेर नष्ट भएका थिए । त्यसैगरी खड्गीमाया लायो मगर र रितबहादुर घिसिङको मतानमा पनि आगलागी भएको भने लोकबहादुर तामाङको ग्वाली आगलागीबाट नष्ट भएको स्थानीय गीता केसीले जानकारी दिइन् । 

 बिहीबार बन्द प्रशोधन केन्द्रमा पछाडीको ढोका फुटाएर आगो सल्काउनु र आगो निभाउनका लागि नेक्रममा कुलोबाट ल्याएको पानी पनि दुई पटकसम्म मारिनु झनै शंकास्पद रहेको स्थानीय बताउछन् र 

४ करोडको क्षति 
    
बिहीबार साँझ ५ः३० बजे मुर्कुची बजारको बीचमा रहेको थापा जडिबुटी तथा प्रशोधन केन्द्रमा भएको आगलागीबाट चार करोड बराबरको धनमाल क्षति भएको छ । प्रशोधन  केन्द्रमा रहेका औषधी र घर जलेकोे जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले बताए। 

प्रसोधन केन्द्रका व्यवस्थापक श्यामलाल तामाङले आगलागीबाट तेजपत्ता मात्र ४ लाख किलोग्राम जलेको जानकारी दिए । अलैँची ६० मन, चिराईतो २० क्वीन्टल, कुँचो ५ हजार र गोदाम घर जलेर नष्ट दुँदा ४ करोड बराबरको क्षति भएको उनको भनाइ छ । 

   आगो कसरी लाग्यो भन्ने अहिलेसम्म कारण खुलेको छैन । आगो त्रियुगा र चौदण्डीगढी नगरपालिका, उद्ययपुर सिमेण्ट उद्योग, मदन भण्डारी लोकमार्गमा प्रयोग हुँदै आएका ४ वटा दमकल, स्थानीयबासी र प्रहरीको सहायताले ३ घण्टापछि नियन्त्रणमा आएको थियो । 

प्रशोधन केन्द्र विद्युतबिहीन घरमा छ । बन्द प्रशोधन केन्द्रमा एक्कासी आगोलागी भएकाले कसैले रिसीबीका कारण आगो लगाएको शंका रहेको एसपी राईले बताए ।  प्रशोधन केन्द्रका प्रोप्राइटर भरतबहादुर थापा बिहीबार बिहान काठमाडौं गएको र सोही साँझघटना घट्नु थप रहस्य रहेको परिवारको अनुमान छ । 

   भारतीय लोकसभाको निर्वाचनले सीमा बन्द भएका कारण एक महिनादेखि जडिबुटी निकासी रोकिएको एक साताभित्र भएको व्यवस्थापक लामाले जानकारी दिए । ‘त्यही थाहा पाएर होला आगो लगाइयो’तामाङ भन्छन्–‘लगातार घटना घटिरहेकाले हामीले निगरानी रातीसमेत आलोपालो गर्ने गरिएको थियो, यसरी दिउँसै हुन्छ भन्ने सोचेकै थिएनौ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.