कार्यकर्ताको मृत्युको विरोधमा विप्लवको भोजपुर बन्द, जनजीवन प्रभावित

कार्यकर्ताको मृत्युको विरोधमा विप्लवको भोजपुर बन्द, जनजीवन प्रभावित

भोजपुर : नेत्र विक्रम चन्द्र 'विप्लव' समूहले शुक्रबार जिल्ला बन्द गरेको छ। गत मंगलबार प्रहरीसँगको मुठभेटमा आफ्ना कार्यकर्ताको मृत्यु भएको विरोधमा विप्लव समूहले जिल्ला बन्दको आह्वान गरेको हो। बन्दले जिल्लाको जनजीवन प्रभावित बनेको छ। 

बन्दले जिल्लाभित्र र बाहिर चल्ने सानाठूला सबै यातायात ठप्प भएका छन्। सवारीसाधन ठप्प भएपछि यात्रु बीचै बाटोमा अलपत्र परेका छन्। सदरमुकामका शैक्षिक संस्थान, उद्योग, पसल खुल्न सकेका छैनन्। 

विप्लव समूहद्वारा आह्वान गरिएको अघोषित बन्दको प्रभाव आशिंक रुपमा रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशब थेवेले जानकारी दिए। गत मंगलबार टेम्केमैयुङ गाउँपालिका-१ तिम्मा मैयुङ क्षेत्रमा पर्ने धोद्रे जङ्गलस्थित प्रहरी र विप्लव कार्यकर्ताबीच भएको मुठभेटमा प्रहरीको गोलीधरानको घोपा क्याम्पमा मृत्यु भएको थियो। 


गस्तीका क्रममा पुगेको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले आक्रमण गरेपछि जवाफी फायरिङ गर्दा गोली लागेर घिमिरे घाइते भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको भनाई छ।प्रहरीले उनको साथबाट पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसार सामाग्री समेत बरामद गरेको दावी गरेको छ।

यता विप्लव समूहले भने प्रहरीको दाबीको खण्डन गरेको छ। विप्लव नेतृत्वको सगरमाथा व्युरोका नेता शैलेशले प्रहरीसँग कुनै मुठभेट नभएको बताएका छन्। आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको उनले आरोप लगाएका छन्। 'प्रहरीसँगको मुठभेटमा गोली लागेको भनिएको छ। यो सरासर झुट हो। उनले भने, 'मुठभेटका नाममा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको हो।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.