अझै संघर्ष आवश्यक छ : बाबुराम

अझै संघर्ष आवश्यक छ : बाबुराम

विराटनगर : समाजवादी पार्टी अध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा समानता स्थापना गर्न अझै संघर्ष आवश्यक भएको बताएका छन्। 

संविधानसभाबाट संविधान जारी भए पनि जातीय र क्षेत्रीय भौगोलिक विविधतालाई समेट्न नसकेको आरोप लगाउँदै उनले संघर्ष आवश्यक भएको बताएका हुन्। 

लोकतन्त्र पूर्ण नभएको उनको भनाइ छ। ‘फेरि संर्घष गरेर अपूर्ण संविधानलाई पूर्ण बनाउनुपर्छ’, विराटनगरमा समाजवादी पार्टीले गरेको प्रादेशिक अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले भने, ‘संघर्षको चक्र पूरा गर्न एकता गरेर अघि बढ्दै छौँ।’

मुलुकमा असमानता र विभेद अन्त्य नभएसम्म समृद्धि नआउने उनको दाबी छ। ‘परिवर्तन प्रक्रियालाई निरन्तरता दिनुको विकल्प छैन’, उनले भने। 

उनले नेकपा र कांग्रेसले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको संरक्षण गर्न नसकेको आरोप लगाएका। उनले शक्तिको बलमा जनअपेक्षा अनुसार संविधान संशोधन नगरे मुलुकका लागि दुर्भाग्य हुने बताए। 

कार्यक्रममा बोल्दै अर्का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरेर सडक संघर्ष गर्ने चेतावनी दिए। उनले हरेक नागरिकलाई समान रुपमा विकासको अनुभूति गराउने गरी संविधान संशोधन नभए सडक संघर्ष गर्नुको विकल्प नरहेको प्रष्ट पारे। 

‘हामी अहिले पनि संघर्षमा छौँ’, उनले भने, ‘अहिलेको संघर्ष सदनमा केन्द्रित छ। संविधान संशोधन नभए आन्दोलन सडकबाटै हुन्छ।’  कार्यक्रममा मुस्लिम अगुवा साहेव अहमद गुड्डुसहित अन्य पार्टीका सक्रिय नेता तथा कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। गुड्डु लामो समयदेखि कांग्रेसका राजनीतिमा सक्रिय थिए। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.