मदिरासहित कच्चा पदार्थ नष्ट

मदिरासहित कच्चा पदार्थ नष्ट

स्याङ्जा : स्याङ्जा प्रहरीले घरेलु मदिरा नियन्त्रणमा तीव्रता बढाएको छ।समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत प्रहरीले जिल्लाका विभिन्न होटलबाट झण्डै ६ सय लीटर घरेलु मदिरासहित मदिरा बनाउनमा प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको जनाएको छ। 

प्रहरीले वालिङ् र चापाकोट नगरपालिका तथा अर्जुनचौपारी गाउँपालिकाबाट झण्डै ४ सय २० लिटर तयारी रक्सी र १ सय ७५ लिटर कच्चा पदार्थ नियन्त्रणमा लिइ नष्ट गरेको छ। स्थानीय समाजसेवी र जनप्रतिनिधिको रोहबरमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको हो।

प्रहरीले वालिङ नगरपालिकाका वडा नं. १, ६ र ८ का विभिन्न होटलबाट एक सय ७५ लिटर कच्चा पदार्थसहित ३ सय २५ लिटर तयारी रक्सी, अर्जुनचौपारी गाउँपालिका १ र २ अन्र्तगतका होटलवाट ६० लिटर तयारी रक्सी र चापाकोट नगरपालिकाका होटलबाट ३५ लिटर तयारी रक्सी नियन्त्रणमा लिई नष्ट गरेको प्रहरी निरीक्षक बिजयकुमार सिंहले जानकारी दिए। 

                 
                 
             


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.