भैंसेपाटीमा ६ र खुमलटारमा २ डेटोनेटर
ललितपुर : खुमलटारको टुटेपानीमा रहेको नेपाल लेप्रोसी ट्रस्ट भवनको पेटीमा राखिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ । सिनामंगलबाट गएका क्याप्टेन अजित थापाको टोलीले बम डिस्पोज गरेको हो ।
सेनाले रोबोटको सहायताले बम निस्क्रिय बनाएको छ । लेप्रोसी ट्रस्टको पेटीमा झोलाभित्र पाँच लिटरको प्रेसर कुकुर भेटिएको हो । कुकरमा दुई वटा डेटोनेटर र ६ वटा क्यामरामा लगाउने जस्तो देखिने ब्याट्री भेटिएका छन् ।
त्यसैगरी भैसेपाटीको आभास क्षेत्रनजिकै उकालो बाटोमा ६ वटा डेटोनेटर र बिस्फोटक पाउडरसहितको बम फेला परेको सेनाले जानकारी दिएको छ उतm बम लगनखेलस्थित राजदल गणले निस्क्रिय बनाएको हो । सोमबार बिहान ललितपुरका दुई ठाउँ राखिएका बम निकै शतिmशाली रहेकोे डिस्पोजमा खटिएका सेनाले जनाएका छन् । एउटा डेटोनेटरले एउटा घरलाई क्षति गर्न सक्ने सेनाको भनाई छ ।
बिहानै भैसेपाटीमा बम डिस्पोज गरी खुमलटार आइपुगेको राजदल गणका टोलीले क्षति कम गर्नका लागि सिनामंगलबाट रोबोट झिकाएको थियो । खुमलटारमा करीब साढे सात बजे बम राखिएको जानकारी आएको थियो निस्क्रिय पार्दा झण्डै १० बज्यो ।
महानगरीय प्रहरी परिषर जाउलाखेलका प्रवक्ता नारायण चिमोरियाले भेटिएका बमहरु त्रास फै्रलाउने खालका भएको जनाएका छन् उनले भने, ‘ती बम कस्ता प्रकृतिका हुन परीक्षणपछि मात्रै थाहा हुन्छ ।’