बम पड्किनु नै 'विप्लव' वार्तामा आउने संकेत : प्रचण्ड

बम पड्किनु नै 'विप्लव' वार्तामा आउने संकेत : प्रचण्ड

विराटनगर : सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेत्रृत्वको नेकपाले वार्तामा आउने तयारी गरिरहेको बताएका छन्। 

विभिन्न मागसहित आन्दोलन, बन्द हड्ताल र बम विष्फोट गराइरहेको 'विप्लव' चाँडै वार्तामा आउने उनको जिकिर छ।मोरङ व्यापार संघको ६४ औं साधारणसभाको विराटनगरमा सोमबार उद्घाटन गर्दै प्रचण्डले विप्लव समूहले जतिसक्दो वार्तामा बस्न चाहेको बाताए। 

'जताततै बम पड्किएको छ। यसले जनतामा आतंक पैदा भएको छ,' उनले भने, 'बम पड्किनु र पड्काउनु भनेकै 'विप्लव' वार्तामा आउने संकेत हो। सरकार पनि जतिसक्दो चाँडो वार्तामा ल्याएर टेबुलबाटै सहमति गरेर विप्लवका नाममा भइरहेका अराजकता बन्द गर्न चाहन्छ।' 

विप्लवका नाममा जथाभावी बम पड्कनु भनेकै वार्तामा आउने तयारी हो भन्दै प्रचण्डले यसले स्थायी शान्तिको संकेत मिलेको दाबी गरे। सरकार दोस्रो वर्षमा प्रवेश गरेको र काम गर्ने धेरै अनुभव भइसकेका कारण सरकारको अबको मुलमन्त्र भनेकै विकास निर्माण र समृद्धि भएको उनको जिकिर छ। अहिले सत्ता र प्रतिपक्ष सबै विकास निर्माण र समृद्धिमा केन्द्रीत हुनुपर्ने अवस्था रहेको भन्दै उनले त्यसले स्थायी शान्तिलाई मूर्तरुप दिने र मुलुकमा भइरहेको अराजकता बन्द गर्ने बताए। 

कार्यक्रमलाई ३० मिनेटजति सम्बोधन गरेका प्रचण्ड कार्यक्रम सकिएलगत्तै काठमाडौं लागेका छन्। उनले विविधि विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग दिउँसो ४ बजे बैठक रहेको र बैठकबाट धेरै निस्कर्ष निस्कने पनि बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.