अदालतले छोड्नासाथ विप्लवका कार्यकर्ता पक्राउ, पक्राउपछि पार्टी परित्याग !

अदालतले छोड्नासाथ विप्लवका कार्यकर्ता पक्राउ, पक्राउपछि पार्टी परित्याग !

परासी : जिल्ला अदालतले धरौटीमा छाडेका विप्लव समूहका पश्चिम नवलपरासी जिल्ला सदस्य रमेश बस्याललाई प्रहरीले सोमबार लगत्तै पक्राउ गरेको छ ।

बस्याललाई जिल्ला अदालतले ४० हजार धरौटीमा छाडेको थियो । जिल्ला न्यायाधीश हेमबहादुर सेनको इजलाशले बस्यालसँगै जिल्ला इन्चार्ज सुमन उपनामबाट चिनिने गंगा ज्ञवाली र जिल्ला सदस्य अलगु थारुलाई जनही ४० हजार धरौटी माग गरेको थियो ।

ज्ञवाली र थारुलाई धरौटी रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि थुनामा पठाइएको छ । बस्याललाई भने धरौटी बुझाएर छुटेलगत्तै सादा पोशाकका प्रहरीले अदालतको मुल गेट अगाडिबाट पक्राउ गरेको हो ।

बर्दघाट नगरपालिका–४ बस्ने बस्याल एक महिनाअघि घरबाटै पक्राउ परेका थिए । यस्तै जिल्ला इन्चार्ज ज्ञवाली गत चैत ११ गते र थारु चैत २२ गते पक्राउ परेका थिए । उनीहरु माथि ‘आगो लगाएको’ र ‘संगठित अपराध’मा प्रहरीले मुद्दा चलाएको थियो ।

पक्राउ परेपछि 'पार्टी परित्याग'

बस्याल र थारुले सोमबार नै एक विज्ञप्ती प्रकाशित गरी आफूहरुले उक्त पार्टी परित्याग गरेको जनाएका छन् । उनीहरुद्वारा जारी छुट्टाछुट्टै जारी विज्ञप्तीमा आजैका मितिदेखि उक्त पार्टीको शुभचिन्तक, समर्थक र साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।

बस्यालमाथि केही विषयमा अनुशन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.