प्रदेश-३ मा गणतन्त्रको उत्सव

प्रदेश-३ मा गणतन्त्रको उत्सव

हेटौंडा : प्रदेश- ३ को राजधानी हेटौडामा प्रभातफेरी गर्दै गणतन्त्र दिवस मनाइएको छ।३ नम्बर प्रदेश स्तरीय गणतन्त्र दिवस मुल समारोहको समितिको आयोजना प्रभातफेरी हेटौंडाको सिमाचोकबाट बुद्धचोकहुँदै मुख्यमन्त्री कार्यालयसम्म पुगेको थियो। 

सभामा मुख्यमन्त्री डोरमणि पौडेलले जनताले विस्तारै प्रदेश सरकारको अपनत्व गर्न थालेको बताए।'संघीयताले गणतन्त्रको अनुभूती गराएको छ,' उनले भने, 'अब राजनीतिक आन्दोलन सकिएको छ, देशले रगत होइन, श्रम र पसिना खोजेको छ।'

प्रदेश सरकारले भ्रष्टाचारप्रतिको शून्य सहनशिलता, योजना कार्यान्वयमा चुस्तता, प्रशासनिक कार्यहरुमा हुने ढिलासुस्तीको अन्त्य, प्रविधिको उच्चतम उपयोग, उद्योग एवम् लगानी मैत्री वातावरणको निर्माण, वैज्ञानिक भूउपयोग नीतिलाई उच्चतम प्राथमिकता दिँदै अघि बढेको पौडेलले बताए। 

सभामुख सानुकुमार श्रेष्ठले राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्तिको लागि सबैले काम गर्नुपर्ने बताए। प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थितीमा भएको समारोहमा प्रदेशसभाका उपसभामुख राधिका तामाङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सदस्य,प्रदेश सरकारका सचिव तथा कर्मचारी,स्थानीय तहका जनप्रतिनिधिको उपस्थिती थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.