उद्योगको क्षमता बढाइने
काठमाडौं : सरकारले उद्योगको क्षमता विस्तार गर्ने भएको छ। आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगको क्षमता विस्तार गर्न सरकारले विशेष सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे।
कुल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान ५.६ प्रतिशत छ। आर्थिक आउँदो वर्षमा उद्योगको योगदान बढाइने बजेटमा उल्लेख गरिएको छ। औद्योगिक उत्पादन बढाउन सरकारले नीतिगत, कानुनीगत र प्रक्रियागत कुरामा सहज बनाएको छ। एकल सेवाबिन्दुबाट उद्योगमा सेवा दिन सुरु गरेको छ।
औद्योगिक क्षमता बढाउँदै उत्पादनमा जोड दिने बजेट बताइएको छ । अर्थमन्त्री खतिवडाले पछिल्लो समयमा उद्योगको क्षमता विस्तार हुँदै गएको बताए।