सरकारले काम गर्ने मेसो पाएन  : नेता पौडेल

सरकारले काम गर्ने मेसो पाएन  : नेता पौडेल

बाजुरा : सरकारलाई नेपाली जनताले दिएको सुनौलो अवसर गुमाएको नेपाली कांग्रेसका वरिष्ठ नेता राम‍चन्द्र पौडेलले बताएका छन्।नेपाल प्रेस युनियन बाजुराले गरेको पत्रकार सम्मेनमा नेता पौडेलले यस्तो बताएका हुन्।

जनताले केही गर्न सक्छ भनेर नेपाली जनताले बहुमत दिएकै हुन्, तर केही गर्न नसक्दा बहुमतको कदर हुन नसकेको उनको आरोप छ। देशको परिस्थित जस्तो हुनुपर्ने थियो, त्यस्तो नभएको र देश चिन्ताजनक अवस्थामा रहेको उनले बताए।'राजनीतिक व्यवस्थाको टुंगो लागेर देशमा स्थायीत्वको सरकार भएर पनि सरकारले त्यो वातावरणलाई सदुपयोग गर्न सकेको छैन।यो भन्दा पहिलेका सरकारले यस्तो अवसर पाएका थिएनन्,' उनले भने, 'यो सरकारले काम गर्ने मेसो पाएको छैन।'

बजेट लोकप्रीय भएपनि तर अहिलेको सरकारले कार्यान्वयनमा समस्या हुने उनले बताए।उनले तत्काल खुशी पार्नेखालको बजेट ल्याएको र समृद्धिको यात्रामा विनियोजित हुनुपर्नेमा त्यसो नभएको दावी गरे।

सरकार शान्ति सुरक्षा, सुशासन र विकास निर्माणमा असफल भएको छ। यी तीन काममा बजेटको दुरुपयोग भएको उनले बताए। उनले सरकारले ल्याएको प्रेस विधेयक गतल भएको बताएका छन्। सरकारका गलत गतिविधि प्रेसमार्फत बाहिर आउने भएकाले विधेयकमार्फत पत्रकारका मुख बन्द गर्न सरकारले विधेयक ल्याएको उनको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.