अध्यागमन अधिकृतविरुद्ध दुई करोड ६ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौं : अध्यागमन कार्यालय¸ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध अकुत मुद्दा दायर गरिएको छ।
उनीविरुद्ध दुई करोड ६ लाख ८१ हजार विगो माग दाबी गरिएको छ। गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवन यापन गरेको आरोपमा उनकी पत्नी सरिता नेपाललाई पनि प्रतिवादी बनाइएको छ।
उनले सार्वजनिक सेवाको १६ वर्षको अवधिमा अकुत सम्पत्ति आर्जन गरेका हुन्। उनी २०५९ भदौ २३ देखि २०७५ मंसिर मसान्तसम्मको सार्वजनिक सेवामा रहेका थिए। उनले तलव¸ भत्ता¸ कर्जा¸ कृषि आय¸ परिवार धन, अंश नगद र जग्गा विक्री २ करोड ४९ लाख ९२ हजार आर्जन गरेको पाइएको छ।
सोही अवधिमा निजले आफू र श्रीमती सरिता नेपाल समेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्ति जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायतमा ४ करोड ५६ लाख ८१ हजार खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
वैध आय २ करोड ४९ लाख ९२ हजारको तुलनामा २ करोड ६ लाख, ८९ हजार बराबरको भागको स्रोत नखुलेको पाइएको छ। अर्याल र उनकी पत्नी सरिताविरुद्ध भ्रष्टाचार निवारण ऐन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन बमोजिमको सजायको मागदाबी गरिएको छ।