सहकारी एकीकरण गर्न मन्त्रीको निर्देशन
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको एकीकरण गर्न निर्देशन दिएकी छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) को आयोजनामा काठमाडौंमा आयोजित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीको अवसरमा बोल्दै मन्त्री अर्यालले बचत सहकारी फर्मको विकल्प नभएको बताइन् ।
बचत तथा ऋण सहकारी संस्थाहरुको व्यवस्थापनका लागि छिट्टै बचत ऋण सहकारी ऐन ल्याउने विषयमा मन्त्रालयले छलफल चलाइरहेको उनको भनाइ छ । सहकारी मन्त्रालय र विभागको साझेदारीमा नेफ्स्कूनले बचत तथा ऋण सहकारी संस्थाहरुको अनुगमन तथा सुपरिवेक्षण गर्न मन्त्री अर्यालको भनाइ छ ।
‘अब नेफ्स्कूनसँग जोडिएका बचत तथा ऋण सहकारी संस्थाहरु स्वयं बढी जिम्मेवार हुनुपर्छ’ उनले भनिन् । सहकारी मन्त्रालयले सहकारी एकीकरणको विषयलाई व्यवहारिक रुपमै पूर्णतः लागु गर्न निर्देश गरिसकेको भन्दै उनले बचत ऋण सहकारीको संख्यालाई सानो, गुणस्तरीय र सुरक्षित बनाउन निर्देशन दिइन् ।
देशभरका सहकारीका ५२५ सहकारीका व्यवस्थापकहरु काठमाडौंमा भेला भएका छन् । सहकारी व्यवस्थापनका असmल अभ्यास सिक्न साकोस प्रमुखहरु काठमाडौंमा भेला भएका हुन् ।