सरकारबाटै संघीयता खतरामा : नेता निधि
धनकुटा : नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले ओली सरकारबाट संघीयता खतरामा परेको आरोप लगाएका छन्।
शुक्रबारदेखि धनकुटामा सुरु भएको नेपाल महिला संघको प्रदेश १ स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले अहिलेको सरकारले भित्रभित्रैबाट संघीयतालाई खतरामा परेको आरोप लगाएका हुन्।
अहिले संघीयतासँगै लोकतन्त्र, गणतन्त्र, संविधान, समावेशीलगायत सबै कुरा खतरामा पुगेको उनको भनाइ छ। प्रदेश सरकार अधिकारको लागि चिच्याइरहे पनि संघीय सरकारले अधिकार नदिएको उनको भनाइ छ।
त्यस्तै सरकारले हालै ल्याएको नीति तथा कार्यक्रम र बजेट भाषणले संघीयताको संरक्षण सम्वद्र्धन नगर्ने उनले बताए।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्मालगायत केन्द्रीय स्तरका नेताले मन्तव्य राखेका थिए।
नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्र्तगत सञ्चालन भएको कार्यक्रममा प्रदेशका १ का १४ जिल्लाका नेपाल महिला संघमा आवद्ध एक सय बढी महिला नेतृ सहभागी छन्। कार्यक्रम शनिबारसम्म चल्ने छ।