मोफसलमा लागू भयो बक्स अफिस

मोफसलमा लागू भयो बक्स अफिस

सर्लाही ​ : उपत्यकामा बक्स अफिस प्रणाली सुरु भएको एक वर्ष भएको छ। यही बीचमा चलचित्र विकास बोर्डले काठमाडौं उपत्यका बाहिर पनि बक्स अफिस प्रणाली सुचारु गरेको छ।  आगामी साउनसम्म देशैभर बक्स अफिस सुचारु गर्ने नीति अनुसार सर्लाही जिल्लाको लालबन्दीमा रहेको विणा चलचित्र मन्दिरबाट बक्स अफिसको औपचारिक उद्घाटन गरेको हो।

नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अनलाइन टिकेटिङ्ग प्रिन्ट गर्दै  मोफसलमा बक्स अफिसको औपचारिक उद्घाटन गरेका हुन्।

ललबन्दीको विणा हलसँगै सर्लाही, महोत्तरी, पर्सासहित प्रदेश २ का १० वटा हलमा बक्स अफिस सुचारु गरेको छ। बक्स अफिस सुरु भएसँगै बक्स अफिसको सबै रिपोर्ट अनलाइनमै पाउन सकिने भएको छ। यो क्रमलाई ७ वटै प्रदेशमा साउन १ सम्म  सुरु गरिसक्ने कार्यक्रमका सभापति तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी दिए। 

कार्यक्रमामा प्रदेश २ का प्रदेशसभा सदस्य बेचु लुङ्गेली, चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस प्रणालीका संयोजका नरेन्द्र महर्जन, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, जिल्ला प्रमुख अधिकारी द्रोण पोखरेल,  जिल्ला समन्वय समितीका अध्यक्ष, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, उद्योग वाणिज्य संघ सर्लाहीका अध्यक्ष कल्याण जोशी, जिल्ला प्रहरी सर्लाहीका प्रमुख, चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्र साखी, नेकपा सर्लाहीकी संयोजक रेवती पन्त, बक्स अफिस प्रणालीका प्राविधिक प्रतिनिधि नितेश गोर्खालीलगायतको उपस्थिति थियो।

बक्स अफिस प्रणाली सुरु गरेको काठमाडौंका हललाई पनि साउन १ गते भित्र अनलाइनमा डाटा पठाउन बोर्डका अध्यक्ष केशव भट्टराईले आग्रह गरेका छन्। चारमन्त्री बाँस्कोटाले काठमाडौं मै अत्याधुनिक इन्डोर फिल्म सुटिङ स्टुडियो निर्माणमा बोर्ड लाग्न पनि अनुरोध गरे। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.