अतिक्रमित जग्गा खोज्दै वन कार्यालय

अतिक्रमित जग्गा खोज्दै वन कार्यालय

परासी : नवलपरासीका वन कार्यालयले अतिक्रमित वन क्षेत्रको विवरण खोज्न थालेका छन्। नवलपरासी दुई जिल्लामा विभाजन भएपछि कार्यालयले अतिक्रमित क्षेत्रको विवरण खोज्न थालेका हुन्। अहिले दुवै जिल्लासँग साविककै जिल्लाको तथ्यांक छ। उक्त तथ्यांक पाँच वर्ष पुरानो हो। हरेक वर्ष वन क्षेत्र अतिक्रमण बढेको छ। तर, कार्यालयसँग भने पुरानै तथ्यांक छ।

सबडिभिजन कार्यालयमार्फत अतिक्रमित क्षेत्रको तथ्यांक संकलन गर्न लागिएको डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका सहायक वन अधिकृत मुसाफिर भगतले जानकारी दिए। पश्चिम जिल्लामा चार वटा सब डिभिजन कार्यालय छन्। सुनवल, बर्दघाट अमरौट र प्रतापपुरमा रहेका कार्यालयलाई जीपीएस प्वाइन्टबाट अतिक्रमित क्षेत्रको डाटा संकलन गर्न लगाइएको भगतले बताए। ०७१ सालको तथ्यांकअनुसार दुवै जिल्लाको कुल वन क्षेत्र १ लाख २२ हजार ३ सय ६५ हेक्टर छ। पुरानो तथ्यांकअनुसार पश्चिम जिल्लामा कुल वन क्षेत्र २२ हजार हेक्टर छ। १ लाख ३ सय ६५ हेक्टर वन क्षेत्र पूर्वी जिल्लामा छ।

कुल वन क्षेत्रमध्ये ११ हजार ६ सय ७ हेक्टर राष्ट्रिय निकुञ्जअन्तर्गत पर्छ। दुवै जिल्लामा गरी कुल ४ हजार ९ सय १७ हेक्टर अतिक्रमण भएको छ। सबैभन्दा बढी पूर्वीजिल्लामा अतिक्रमण भएको छ। पुरानो तथ्यांकअनुसार पश्चिम जिल्लामा ७ सय ५६ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ। पूर्वीजिल्लामा ४ हजार १ सय ६१ हेक्टर वन अतिक्रमण भएको छ। जीपीएसमार्फत राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा भएको अतिक्रमणको तथ्यांक संकलन भइरहेको छ। असार मसान्तभित्र विवरण आएपछि पछिल्लो पटक भएको अतिक्रमण क्षेत्रको वास्तविक तथ्यांक आउने डिभिजन वन कार्यालयले जनाएको छ।

सबैभन्दा बढी राजमार्ग छेउमा अतिक्रमण हुने गरेको छ। पश्चिम जिल्लामा सुनवल र अमरौटमा सबैभन्दा बढी अतिक्रमण भएको छ। त्यसैगरी, पूर्वीजिल्लामा सर्दी र दुम्किवास क्षेत्रमा सबैभन्दा बढी वन क्षेत्र अतिक्रमण भएको वन कार्यालयको तथ्यांकमा उल्लेख छ।

अतिक्रमणको प्रकृति संस्थागत बढी छ। मठ, मन्दिर, चर्च, गुम्बालगायत धार्मिक संस्था, खेलमैदान, खानेपानी टंकी निर्माण, विद्यालय र खेतीपाती, हाट बजार व्यवस्थापनका नाउँमा अतिक्रण भएका छन्। केही स्थानमा वन क्षेत्र अतिक्रमण गरेर घना बस्ती नै बसालिएको छ। कतिपयले टहरा र पक्की घरसमेत निर्माण गरेर वन अतिक्रमण गरेको वन कार्यालयले जनाएको छ। वन अतिक्रमण गरेर संरचना निर्माण गर्नेमा जनप्रतिनिधिसमेत छन्।

अतिक्रमित संरचना हटाइयो

पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रको बतासे डाँडामा वन क्षेत्र अतिक्रमण गरेर बनाएका संरचनालाई डिभिजन वन कार्यालयले हटाएको छ। उक्त क्षेत्रमा चार वटा पक्की टहरा निर्माण गरिएको छ। पाँच वर्षदेखि वन क्षेत्रमा टहरा बनाएर बसेकालाई वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले हटाएको डिभिजन वन कार्यालय परासीका सहायक वन अधिकृत मुसाफिर भगतले जानकारी दिए।

पक्की टहरालाई सुरक्षित बनाउन तारबार गरिरहेको अवस्थामा पुगेको टोलीले संरचना भत्काएको हो। टोलीले टहरो निर्माणमा प्रयोग भएका जस्तापाता, सोलार कुर्सीलगायत सामग्री बरामद गरेर बडेरा क्याम्पमा राखेको वन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.