टीकापुरमा थारुहरुको बृहत् भेला हुने

टीकापुरमा थारुहरुको बृहत् भेला हुने

काठमाडौं : राजधानीमा सम्पन्न थारुहरुको एक भेलाले आगामी ७ भदौमा टीकापुरमा थारुहरुको बृहत् भेला आयोजना गर्ने निर्णय गरेको छ। टीकापुर घटनामा ४२ महिना जेल जीवनपछि रिहा भएका लक्ष्मण थारुले शनिबार भएको भेलाको निर्णयबारे आइतबार रिपोर्टर्स क्लबको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।

थरुहटरथारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा टीकापुर घट्नाबारे छानबिनका लागि गठित गिरिशचन्द्र लालको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न माग गरेको छ । लालको प्रतिवेदनमा आजीवन कैद सुनाइएका सांसद रेशम चौधरी लगायत टीकापुर घटनामा मुछिएका सबै बन्दी निर्दोष सिफारिश गरिएकाले प्रतिवेदन सार्वजनिक गर्न सरकारले आलटाल गरेको भेलाको ठहर छ ।

‘विद्यमान ७ प्रदेश हामी कुनै पनि हालतमा स्वीकार्दैनौं ।’ लक्ष्मण थारुले आफू ४२ महिनापछि काठमाडौको मिडियासामु पहिलोपटक आएको बताउँदै भने, ‘अखण्ड सुदुर पश्चिम, कर्णाली प्रदेश माग्नेले मागेको पाए, मधेश प्रदेश माग्नेले पनि पाए, हामी थारुहरुले किन नपाउने ?’ 

थरुहटरथारुवान राष्ट्रिय सम्मेलन तयारीका लागि थारु कल्याणकारिणी सभाका सहमहामंत्री मिनराज चौधरीको संयोजकत्वमा १०१ सदस्यीय तयारी समिति गठन गरिएको छ । साथै, संविधानको विरोधस्वरुप भेलाले असोज ३ गते थारु युवा दस्ताको राष्ट्रिय सम्मेलन गर्ने निर्णयसमेत गरेको छ । सोही सम्मेलनमा थारुहरुलाई चित्त नबुझेको संविधानका धाराहरु जलाउने निर्णय भएको बताइएको छ । 

शनिबार भएको भेलाले आगामी चुनावसम्मको रणनीति तयार गरी थरुहट आन्दोलन गर्ने तयारी गरेको हो । आन्दोलनबिना थारुहरुको अधिकार सुनिश्चित नहुने ठहर गर्दै यस्तो अभियानको थालनी गर्नुपरेको नेता लक्ष्मण थारुले बताए । उनले यस अघि थरुहटरथारुवान संयुक्त संघर्ष समितिसँग गरिएका वार्ता कार्यान्वयन गर्न माग पनि गरे । भन्छन्, ‘आगामी १० महिनासम्म शान्तिपूर्ण आन्दोलन गर्नेछौं । त्यत्तिले सुनुवाई नभए आन्दोलनको स्वरुप फेरिने छ ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.