गंगालालका इन्जिनियरको प्रमाणपत्र नक्कली

गंगालालका इन्जिनियरको प्रमाणपत्र नक्कली

काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत इन्जिनियर प्रदीपकुमार यादवको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर यादवको विरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेपछि प्रमाण पत्र नक्कली भएको बाहिर आएको हो। 

तत्कालीन इन्जिनियर यादवले केन्द्रमा इलेक्ट्रिसिटी सहायक पदमा नियुक्ति भएकोमा इन्जिनियर पदमा बढुवा हुने प्रयोजनका लागि पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रणको कार्यालय, कास्कीबाट जारी भएको ब्याच्लर अफ इलेट्रिकल एण्ड इलेक्ट्रोनिक इन्जिनियरिङ तहको शैक्षिक प्रमाणपत्र र नेपाल इन्जिनियरिङ परिषद्, नक्साल, काठमाडौंबाट जारी भएको साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता प्रमाणपत्र समेत नक्कली एवं झुट्टा बनाई पेश गरी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी, काठमाडौंमा इलेक्ट्रसिटी सहायक पदमा करार नियुक्ति भई  पाएको छ।

नक्कली प्रमाण पत्र प्रयोग गरीइन्जिनियर पदमा बढुवा भई सरकारी ओहदामा बहाल रहीको अरोप उनीविरुद्ध  भ्रष्टाचार निवारण ऐन कैद र जरिवानाको सजाय मागदाबी  विशेष अदालत मा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.