कोइरालाको निवासबाट हटाइए सुरक्षाकर्मी

कोइरालाको निवासबाट हटाइए सुरक्षाकर्मी

विराटनगर : विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मी हटाइएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व.बीपी कोइराला र पूर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको निवासमा सरकारले बि.सं २०५४ सालदेखि सशस्त्र प्रहरी समेतको सुरक्षा दिदै आएको थियो।

वर्तमान सरकारले गत विहीबारदेखि सुरक्षाकर्मीहरु हटाएको कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। उनले भने, ‘यसबारे सरकारको ध्यानाकर्षण गराइएको भए पनि कुनै सुनुवाइ भएन।’ प्रजातन्त्रको बिगुल फुकेको ऐतिहासिक निवास एकाएक असुरक्षित हुन पुगेको छ।

कृष्णप्रसाद कोइरालाले निर्माण गरेको उक्त घर कोइराला परिवारमा अंशबण्डा हुने क्रममा डाक्टर शेखर कोइरालाको भागमा परेको छ। कोइराला निवास अवलोकन गर्न नेपाल र भारतबाट दैनिक सयौको संख्यामा प्रयर्टक आउने क्रम बढेको थियो। ‘सुरक्षाकर्मी हटाउने विषयमा डाक्टर कोइरालालाई पनि जानकारी गराइएन’ थपलियाले भने,‘ सुरक्षाकर्मीहरुले पत्र आयो जान्छौ भनेर गए।’

सुरक्षाकर्मीको टोली फर्कदा डाक्टर शेखर विराटनगरमा नै रहेको बताइएको छ। प्रजातान्त्रिक आन्दोलनदेखि वि.सं २०६२–६३ को जनआन्दोलनलाई सफल बनाउन कोइराला निवासको अग्रणी भूमिका रहेको छ। देशका तीनजना प्रधानमन्त्रीहरु मातृका, वीपी र गिरिजाप्रसाद कोइराला निवासबाटै बनेको इतिहास छ। नेपालको राजनीतिक परिवर्तनहरुमा महत्वपूर्ण योगदान पु¥याएको कोइराला निवासलाई संग्रालयको रुपमा विकास गर्नुपर्ने आवाजहरु उठिरहेका छन्।

निवासको अधिकांश जग्गा पारिवारिक अंशबन्डापछि बिक्री भएको छ। शेखरले आफ्नो भागमा परेको घर संरक्षण गरेर राखेका छन्। कोइराला निवास अगाडी सुजाता कोइरालाले जिपी फाउण्डेशनको भवन बनाएकी छन्। उनले केहि दिन अघि नै संग्रालय बनाउने भन्दै शिलान्यास समेत गरेकी छिन्।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सुरक्षा युनिट हटेको विषयमा प्रशासन कार्यालयलाई जानकारी नभएको बताए। ‘सुरक्षा युनिट हटाउने विषयमा केन्द्र कै निर्णय होला’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.