दुई दशकपछि सीमा प्रशासन

दुई दशकपछि सीमा प्रशासन

फिदिम : पाँचथरको उत्तरी सीमाक्षेत्र च्याङथापुस्थित सीमा प्रशासन कार्यालयबाट आइतबारदेखि काम सुरु भएको छ। यस कार्यालयबाट काम हुन छाडेको करिब दुई दशकपछि अधिकृतसहितका कर्मचारी हाजिर भएका हुन्। ‘आइतबारदेखि सीमा प्रशासन कार्यालय च्याङथापुबाट काम थालिएको छ’, प्रमुख जिल्ला अधिकारी मुरारी वस्तिले भने, ‘सीमा प्रशासनबाट अब प्रभावकारी रुपमा काम अघि बढ्छ। ’

सीमा प्रशासनमा अहिले एक शाखा अधिकृतसहित तीनजना कर्मचारी खटाइएको छ। शाखा अधिकृत, सुब्बा, खरिदार, सहलेखापाल, कम्प्युटर अपरेटर एक एकजना र दुई जना कार्यालय सहयोगीको दरबन्दी छ। कर्मचारी अभावले दरबन्दी अनुसारका कर्मचारी खटाउन नसकिएको प्रजिअ वस्तिले जानकारी दिए। 

माओवादी द्धन्द्धका कारण २०५७ सालदेखि च्याङथापुमा सीमा प्रशासन कार्यालयबाट काम ठप्प भएको थियो। अहिले एक शाखा अधिकृतसहित तीन जना कर्मचारी खटाइएको छ। ‘शाखा अधिकृत बिनोद चौहानको नेतृत्वमा सीमा प्रशासन सञ्चालनमा आएको छ’, वस्तिले भने। शाखा अधिकृतको जिम्मेवारी सम्हाल्दै चौहानले आइतबारदेखि काम थालेका हुन्। 

भारतको सिक्किम जान पासको व्यवस्था र नागरिकतासमेत सीमा प्रशासनबाटै प्रदान हुने भएको छ। यसअघि सीमा प्रशासन कार्यालयमा कर्मचारी नहुँदा यहाँबाट दिनुपर्ने पास च्याङथापुस्थित प्रहरी चौकीले दिँदै आएको थियो। कार्यालयमा कर्मचारी हाजिर नहुँदा एकजना कार्यालय सहयोगीले कार्यालय खोल्ने र बन्द गर्ने काम गरिरहेका थिए। ‘कार्यालय खोल्ने, झण्डा राख्ने र बन्द गर्ने मात्र काम भइरहेको थियो’, स्थानीय यज्ञ भट्टराईले भने, ‘कार्यालयमा हाकिम आएका छन्। अब प्रभावकारी रुपमा काम हुन्छ भन्ने विश्वास छ। ’ १३ वर्षदेखि कार्यालय सहयोगी लक्ष्मी खवासले कार्यालय खोल्ने र बन्द गर्ने काम गर्दै आएकी थिइन्। 

कार्यालय सञ्चालन गर्न अधिकृतलगायत कर्मचारी पठाइए पनि हाजिर नभई अन्यन्त्र सरुवा मिलाएर जाने गरेका थिए। केही कर्मचारी कार्यालय पुगेर काम नथाली फर्कने गरेका थिए। अहिलेसम्म कुनै पनि हाकिम नबस्दा सीमा प्रशासन कार्यालयले प्रभावकारी काम गर्न सकेको थिएन। ‘आइतबारदेखि बल्ल काम सुरुभएको छ’, स्थानीय रामचन्द्र ढुंगेलले भने, ‘यहाँ खटिएका हाकिमले दिगो रुपमा काम गर्नेछन् भन्ने विश्वास लिएका छौं। 

सीमा प्रशासन कार्यालयले उत्तरी सीमावर्ती क्षेत्रको नियमित अनुगमन र जाँच गरी प्रतिवेदन दिने, स्थानीय शान्ति सुरक्षाका साथै यसक्षेत्रका अन्य सरकारी कार्यालय र संघसंस्थाबीच निरन्तर समन्वय गर्ने गर्छ। त्यस्तै विकास निर्माणमा सहयोगी भुमिका निर्वाह गर्नुपर्ने व्यवस्था छ। पाँचथरको उत्तरी फलैंचा, च्याङथापु, मेमेङ र प्राङबुङसँग भारतीय सीमा जोडिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.