तेस्रोलिंगी महिला हत्याका आरोपीलाई १५ वर्ष कैद फैसला

तेस्रोलिंगी महिला हत्याका आरोपीलाई  १५ वर्ष कैद फैसला

काठमाडौं : तेस्रोलिंगी महिला जुनू गुरुङको हत्यामा संलग्न रहेका उनका पार्टनरलाई सर्वोच्च अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ। करिब तीन महिनाअघि उनको हत्या भएको थियो।

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आइतबार जुनूको पक्षमा फैसला गरेको नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन्।

उनका अनुसार तेस्रालिंगी महिलाका रूपमा खुलिसकेकी ३२ वर्षीया जुनू पोखराकी हुन्। उनी लाजिम्पाटमा बस्थिन्। उनका पार्टनर २१ बर्से विदेश कार्की उनीसँगै बस्थे। जुनूको मृत्यु हुनुभन्दा ३ दिनअघि पनि कार्कीले नराम्ररी पिटेका थिए। जुनू प्रहरीकहाँ पुगेकी थिइन्। प्रहरीले उनीसँग मेडिकल रिपोर्ट लिएर आउनु भनेको थियो। उनले मेडिकल जाँच गरिनन्।

३ दिनपछि उनी मृत भेटिएकी थिइन्। ‘शरीरभरि पूरै निलडाम थियो’, सम्झँदै पिंकीले भनिन्, ‘मुखबाट रगत निस्किएको थियो।’ अत्यधिक कुटाइका कारण उनको मृत्यु भएको भन्दै हत्यारा पत्ता लगाउन प्रहरीमा पिंकीको अगुवाइमा जाहेरी परेको थियो। लगातार दबाब र फलोअप गरेपछि फरार हत्यारा कार्की पक्राउ परेका थिए। स्थानीयले पनि छानबिनमा साथ दिएको पिंकीको भनाइ छ।

तेस्रोलिंगी समुदायमा सर्वोच्चको फैसलाले उत्साह थपिदिएको पिंकी बताउँछिन्, ‘पहिलो पटक तेस्रालिंगी समुदायले न्याय पायो।’ घटनामा संलग्न कार्कीलाई फौजदारी कार्यविधि संहिताको दफा १७८ अनुसार सजाय भएको हो। जुनूको पक्षमा जिल्ला, पुनरावेदन र सर्वोच्चले तीनै तहका अदालतले समान फैसला गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.