१२ वर्षीय बालकलाई ३ महिना कैदको फैसला

१२ वर्षीय बालकलाई ३ महिना कैदको फैसला

उदयपुर : ५ वर्षीय बालकको ज्यान मारेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका १२ वर्षीय बालकलाई जिल्ला अदालतले सोमबार ३ महिनाको कैद सुनाएको छ। जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले कसुर ठहर गर्दै पीडितलाई क्षतिपूर्तिवापत ३५ हजार जरिवाना भराउने गरी फैसला सुनाएको हो।

कसुरदार बालक रहेकाले बालबालिका सम्बन्धी ऐनअनुसार उमेर पुगेकाको हकको आधा सजाय हुने व्यवस्थाअनुसार उनलाई ३ महिना कैद सुनाइएको श्रेस्तेदार राजकुमार आचार्यले बताए। कसुरदारले ०७५ फागुन २५ गते बालकलाई गौचरणमा चरिरहेको गाईको पुच्छरमा बाँधि दिएका थिए।गाई तर्सेर भाग्नेक्रममा घिस्रिएर बालकको ज्यान गएको थियो।

उनीविरुद्ध पीडित परिवारले फागुन २६ गते इलाका प्रहरी कार्यालय कटारीमा निवेदन दिएका थिए।घटना लगत्तै फरार रहेका कसुरदारलाई प्रहरीले फागुन २६ गते आफन्तकोमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो।अदालतले चैत्र ५ गते पुर्पक्षका लागि बालसुधारगृह बिराटनगर पठाउने आदेश दिएको थियो।              

                                                                         


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.