कोशीमा शल्यक्रिया सेवा बन्द

कोशीमा शल्यक्रिया सेवा बन्द

विराटनगर : कोशी अस्पतालमा शल्यक्रिया बन्द भएको छ।भवनमा रंग रोगन तथा मर्मत सम्भार गर्नु परेको भन्दै अस्पतालले शल्यक्रिया सेवा बन्द गरेपछि बिरामी मारमा परेका छन्। मेडिकल सुप्रिडेन्ड डा. रोषण पोखरेलले सूचना टास गरेर शल्यक्रिया सेवा बन्द गरेको जानकारी दिए।वार्षिकरुपमा भवनमा रंग रोगनसँगै मर्मत सम्भार गर्नुपर्ने भएकाले केही दिनका लागि उक्त सेवा बन्द गरिएको डा.पोखरेलले जनाए।

तर, बिरामी कुनै जानकारी नदिइ अस्पतालले सेवा बन्द गरेको भन्दै आक्रोषित भएका छन्। विराटनगर १२ का सदानन्द ऋषिदेवलाई १९ गते नै शल्यक्रिया गर्न बोलाएको भएपनि सेवा बन्द भएको भन्दै अस्पतालले घर फर्काइदिएको छ। 
उनलाई कोशी अञ्चल अस्पतालका चिकित्सकले खुट्टामा स्टील हाल्नुपर्छ भनेर शल्यक्रियाका लागि बोलाएको थियो। तयारी भएर अस्पताल आउँदा शल्यक्रिया बन्द गरिएको भन्दै अस्पतालले फर्काइदिएको उनले गुनासो पोखे।

उनले भने, 'अप्रेशनमा चाहिने स्टीलदेखि सबै सामाग्री किनेर ल्याएको छु, शल्यक्रिया गर्न भित्र जाँदा सेवा बन्द भएको जानकारी पाउँदा दु:ख लाग्यो।‘  सेवा बन्द भएपछि रुटिङमा शल्यक्रियाका लागि आएका बिरामी कोही अस्पतामा टोलाएर बसेका छन् भने कोही घर फर्किरहेका छन् ।

शल्यक्रिया सेवा संचालन हुनेबारे कुनै जानकारी नहुँदा हनुमाननगर कंकालनी नगरपालिका- ४ श्याम मण्डल घर फर्खेका छन्।भाइको शल्यक्रिया गर्न २१ गतेको समय पाएका मण्डल सेवा संचालनबारे अन्यौल हुँदा आफू घर पर्केको उनले बताए ।

प्रदेश नम्बर सरकारीस्तरको सबैभन्दा ठूलो अस्पातालको रुपमा स्थापित कोशी अस्पतालमा विपन्न, गरिब बिरामीको बढी आकर्षण रहेको छ। पछिल्लो समय राजनीति पहुँचको भरमा अस्पतालले सेवा दिँदै आएको स्थानीयको आरोप छ। शल्यक्रियाका लागि समय पाएका बिरामीमा कहिले पालो पाइन्छ भन्ने चिन्ता थपिएको छ।

कोशी अञ्चल अस्पतालमा रहेको अप्रेशन कक्ष जीर्ण अवस्था छ।अस्पताल प्रशासनले ३-४ दिन भित्रमा अप्रेशन सेवा सूचारु गर्ने जनाएको छ।कोशी अञ्चल अस्पताका मेडिकल सुपरिटेण्डेन डाक्टर रोशन पोखरेलले अस्पतालका सबै अप्रेशन सेवा बन्द नभएको बताए। 'अहिले आकस्मिक कक्ष र डेलीभरी केशका अप्रेसन अर्कै कोठामा राखेर सेवा प्रदान गरिरहेको जानकारी दिए।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.