सुरक्षाकर्मी हटाइएपछि कोइराला निवासमा नगर रक्षक

सुरक्षाकर्मी हटाइएपछि कोइराला निवासमा नगर रक्षक

विराटनगर : गृहमन्त्रीको निर्देशनमा विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मी हटाएपछि सो स्थानमा नगर रक्षक खटाइएको छ। सशस्त्र प्रहरी फिर्ता भएको पाँच दिनपछि सोमबारबाट विराटनगर महानगरपालिकाले ३ जना नगर रक्षक सुरक्षामा खटाएको हो।

लामो समयदेखि सशस्त्र प्रहरीले कोइराला निवासको सुरक्षा गर्दै आएको थियो। महानगरपालिका प्रमुख भीम पराजुलीले स्थानीय सरकारका तर्फबाट नगर रक्षक खटाएको बताए। उक्त घर राजनीतिक व्यक्तित्वको कुञ्जको रुपमा रहेकोले राज्यले यसको संरक्षण गर्नुपर्ने बताए।

‘संघीय सरकारले सशस्त्र प्रहरीलाई हटाउनु नै दुःखद हो’, उनले भने,‘ इतिहासको संरक्षण गर्नुपर्छ, अब महानगरपालिकाले सुरक्षाको जिम्मा लिएको छ।’

कृष्णप्रसाद कोइरालाले निर्माण गरेको उक्त घर कोइराला परिवारमा अंशबण्डा हुने क्रममा डाक्टर शेखर कोइरालाको भागमा परेको छ।

वि.सं २००७ साल यताको राजनीतिक परिवर्तनहरुमा योगदान गर्दै आएको उक्त निवासबाट तीन भाईहरुमातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसाद देशको प्रधानमन्त्री बनेका थिए। सशस्त्र प्रहरी हटेपछि कांग्रेसले सरकारको आलोचना गर्दै आएको थियो। पुरानो डिजाइनको घर पछिल्लो समय शेखरले विराटनगर आएको बेला प्रयोग गर्दै आएका छन्। व्यक्तिगत सम्पति भएपनि कोइराला निवासको अवलोनका लागि नेपाल र भारत सहितका देशबाट पर्यटन तथा अवलोकनकर्ता आउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.