धरानमा डेंगुका बिरामी दुई सय पुगे

धरानमा डेंगुका बिरामी दुई सय पुगे

धरानः धरान उपमहानगरपालिकामा डेंगु रोगका बिरामीको संख्या दुई सय पुगेको छ। समयमै नियन्त्रणमा सरकारले चासो नदेखाएपछि रोगले महामारीको रुप लिने खतरा बढेको भन्दै स्थानीय त्रसित बनेका छन्।

पोथी लामखुट्टेको टोकाईबाट सर्ने प्राणघातक रोग डेंगु धरान उपमहानगरपालिका भर फैँलदा मेत सरकारले नियन्त्रण गर्न चासो दिएको छैन। धरान १५ का लोकेन्द्र खड्काले सरकारले धरानमा दुई सय डेंगु बिरामी भेटिँदा पनि प्रकोप नियन्त्रण गर्न चासो नदेखाएको भन्दै महामारीको रुप लिने खतरा बढेको बताए।

धरानमा मंगलबारमात्र ३४ जना डेंगुका संक्रमित अस्पताल भर्ना भएका छन्। जसमध्ये ३२ जना बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा दुई जनाले उपचार गराइरहेका छन्।

प्रतिष्ठानमा हालसम्म एक सय ७६ जना डेंगु रोगका बिरामीहरु उपचारका लागि भर्ना भएको सहायक निर्देशक डा. विकास साहले जानकारी दिए। विजयपुर अस्पतालका व्यबस्थापक इन्दु योज्जनले २४ जना बिरामी आफ्नो अस्पतालमा रहेको बताए।

धरान उपमहानगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जु भण्डारीले उपमहानगरपालिकामा फगिङ मेशिन खरिद गरी औषधी पुर्‍याए पनि डेंगु नियन्त्रणमा कठिनाई भएको बताइन्। उनले बिरामीको उपचारका लागि बीपी प्रतिष्ठानमा निःशुल्क व्यवस्था मिलाइएको बताइन्।

पोथी लामखुट्टेले पानीमा अण्डा पारेर बच्चा निकाल्ने बेलामा मान्छेलाई टोकेपछी डेंगुको फिवरका कारण बिरामी बनाउने गरेको प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले बताए। लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने, शरिरमा दादुरा जस्ता फोका आउने, लिभर पुल्ने र पेटमा पानी जम्ने र गिजाबाट रगत आउने, शरिर दुख्ने लक्षण देखिएका छन्।

डेंगु भाईरस डेन वान,डेन टु, डेन थ्री र डेन फोरगरी चार प्रकारका हुने गरेको डा. ऐरको भनाई छ। जसमध्ये कुन प्रकारको भाईरसको कारणले यो समस्या देखा परेको हो भन्ने पत्ता लाग्न नसकेको चिकित्सकले बताएका छन्।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उपे्रतीले डेंगुले महामारीकै रुप लिनसक्ने भएपछि स्वास्थ्य मन्त्रालयँग थप औषधी र उपचारका लागि स्वास्थयकर्मीको टोली माग गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.