इटहरीका मेयरलाई योगेशको सुझाव -'सार्वजनिकरुपमा माफी माग्‍नुहोस्'

इटहरीका मेयरलाई योगेशको सुझाव -'सार्वजनिकरुपमा माफी माग्‍नुहोस्'

काठमाडौं :  नेकपाका नेता एवम् सांसद योगेश भट्टराईले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरीलाई सार्वजनिक रुपमा आत्मालोचना गर्न आग्रह गरेका छन् । भट्टराईले पछिल्लो समय चौधरीले पत्रकार र कतिपय व्यक्तिका बारेमा सार्वजनिक भएका अभिव्यक्ति उनको पद र प्रतिनिधित्व गरेको पार्टी नेकपा स्वयमका लागि नसुहाउँने कुरा भएको बताएका छन्।

'म द्वारीकाजीको हकी स्वभाव, प्रस्ट वक्ता र इमान्दारिताको पहिलेदेखि कै प्रसंशक हुँ ।' बुधबार भट्टराईले फेसबुकमा लेखेका छन् - 'सार्वजनिक रुपमा आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन विनम्र अनुरोध गर्दछु ।'

मेयर द्वारिकलाल चौधरीले इटहरीका पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँच्ने धम्की दिए दिएका थिए। फोनमार्फत् उनले नाकको हड्डी भाँचिदिन्छु भन्दै धम्क्याएका हुन्। उनले आफूले त्यसको लागि एक करोड रुपैयाँ छुट्याएको बताएका छन्। अडियो रेकर्ड अनुसार चौधरीले अनुपमलाई आफूले नाकको हड्डी भाँच्न घडेरी छुट्याएको बताएका छन्। 

जथाभावी लेखेको भन्दै उनले पत्रकारप्रति आक्रोश व्यक्त गरेका हुन्। पत्रकार अनुपमको स्टाटसमा प्रतिक्रिया जनाउँदै केही समयअघि मेयर चौधरीले ‘अब तेरो पालो’ भनेर लेखेका थिए। उनले कमेन्टमा ‘चाटुकार’ भनेर कमेन्ट गरेका थिए। जे पायो त्यही लेखेको भन्दै सोही विषयमा स्पष्ट हुन फोन गर्दा धम्की आएको बताइएको छ। 

केहिदिन अगाडि आफ्नै कर्मचारीमाथि हातपात गरेपछि मेयर चौधरी विवादमा आएका थिए । सोही विषयको जानकारी माग्न खोज्दा अर्का एक जना पत्रकारको मुख लोपारेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.