पत्रकारको नाकको हड्डी भाँच्ने मेयरको धम्की

पत्रकारको नाकको हड्डी भाँच्ने मेयरको धम्की

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीका पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन्। 

फोनमार्फत् उनले नाकको हड्डी भाँचिदिन्छु भन्दै धम्क्याएका हुन्। उनले आफूले त्यसको लागि एक करोड रुपैयाँ छुट्याएको बताएका छन्। अडियो रेकर्ड अनुसार चौधरीले अनुपमलाई आफूले नाकको हड्डी भाँच्न घडेरी छुट्याएको बताएका छन्। 

जथाभावी लेखेको भन्दै उनले पत्रकारप्रति आक्रोश व्यक्त गरेका हुन्। पत्रकार अनुपमको स्टाटसमा प्रतिक्रिया जनाउँदै केही समयअघि मेयर चौधरीले ‘अब तेरो पालो’ भनेर लेखेका थिए। उनले कमेन्टमा ‘चाटुकार’ भनेर कमेन्ट गरेका थिए। जे पायो त्यही लेखेको भन्दै सोही विषयमा स्पष्ट हुन फोन गर्दा धम्की आएको बताइएको छ।

यसैबीच नेपाल पत्रकार महासंघ सुनसरीले भने घटनाको भर्त्सना गरेको छ। जनप्रतिनिधिबाट बारम्बार धम्की आउँदा पत्रकारले असुरक्षित महसुस गरेको भन्दै मेयर चौधरीलाई सार्वजनिक रुपमा माफी माग्न र सुरक्षित वातावरण तयार गर्न चेतावनी दिएको हो।

धम्की दिएको स्वीकार
यता मेयर चौधरीले पनि धम्की दिएको स्वीकार गरेका छन्। उनले बारम्बार आफूलाई पागल, बद्मासलगायत भन्दै तथानाम गाली गलौज गरेर सताइरहेपछि सहन नसकी धम्की दिएको बताएका हुन्।

उनले केही पत्रकारहरु पार्टी र व्यापारिक स्वार्थबाट प्रेरित रहेको र आचारसंहिता बारम्बार उल्लंघन गरेको आरोप लगाए। केही पत्रकार जानी जानी मेयरलाई सन्काएर विवादमा ल्याइ बद्नाम गर्नुपर्छ भनेर लागिपरेको उनको आरोप छ। 

उनले सञ्चार क्षेत्रलाई आफूले सम्मान गर्ने जनाउँदै पीत पत्रकारिता गर्ने, फोन गरेर धम्क्याउने पत्रकारलाई केही दिनमै कारवाही गर्ने समेत चेतावनी दिएका छन्।

उनले केही दिनअघि पनि केही पत्रकारलाई दुव्र्यवहार गरेका थिए।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.