झापामा सर्पले डस्दा वृद्धाको मृत्यु
झापा : झापाको गौरीगञ्जमा विषालु सर्पले डस्दा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका-४ स्थित बाइसेटोल निवासी ८८ वर्षीया पञ्चमाया शेर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार साँझ साढे ६ बजे कुखुराको खोरको ढोका लगाउने क्रममा शेर्मालाई खोर छेउमा रहेको इँटाको चाङबाट विषालु सर्प निस्किएर दाहिने हातको माझी औँलामा डसेको थियो । घाइते पञ्चमायालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो ।
उनको उपचारका क्रममा राति १०:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !