ट्राफिक नियम उल्लंघन गर्नेमाथि कडाइ, २४ घण्टामा २ हजार ७६ सवारीचालक कारबाहीमा

ट्राफिक नियम उल्लंघन गर्नेमाथि कडाइ, २४ घण्टामा २ हजार ७६ सवारीचालक कारबाहीमा
सुन्नुहोस्

काठमाडौं :काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा  १० लाख ५३ हजार ५१० राजस्व जम्मा भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवनतर्फ ८८ जना,नियम विपरीत ‘राइड सेयरिङ’९३,सङ्केत बत्ती उल्लङ्घनकर्ता ११७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२८ जनालाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुशासन पालना नगर्ने १२९, निषेधित क्षेत्रमा हर्न बजाउने ५७,सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९०,एकतर्फी कायम गरिएको सडक उल्लङ्घन गर्ने ८८ र अन्य सवारी नियम पालना नगर्ने एक हजार १८६ सवारी चालक रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.