असिनाले सिंगै गाउँको बाली सखाप

असिनाले सिंगै गाउँको बाली सखाप

ताप्लेजुङ : छिमेकी गाउँका स्थानीय खेतबारीमा लगाएको मकै दोहोर्‍याउन व्यस्त हुँदा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका ६ लेलेपका प्रतिमान लिम्बू भने धमाधम बारी जोत्दै मकै छर्दै गरिरहेका छन्। त्यो पनि बीउ सापटी मागेर।

गत वैशाख २८ गते परेको असिना पानीले लिम्बूसहित साविक लेलेप गाविस १ का १ सय ४५ घरले छरेको मकै नष्ट गरेपछि स्थानीय चिन्तित छन्। ‘अलिकति पाखोबारीमा लगाएको मकै असिनाले सखाप पार्‍यो, आगामी हिउँदका लागि खाद्यान्न कसरी जोहो गर्ने भन्ने चिन्ता छ’, दिलकुमार लिम्बूले गुनासो गरे। यस क्षेत्रको मुख्य खाद्यान्न बाली मकै र आलु हो।

असिना पानीले फक्ताङलुङ गाउँपालिकाको बतासे, आहाले, साँघु, कम्फिलाङ, ढाडेनी, सिस्ने र फन्द्रुवा गाउँका कृषकले लगाएको मकै र आलुसहितको नगदे बाली नष्ट पारेको हो। असिना पानीले मकै, आलुसहित नगदेबाली नस्ट गर्दासमेत घरदैलोको स्थानीय सरकार भने कुनै सहयोग गर्न नसक्ने भन्दै पन्छिएको स्थानीयको भनाइ छ। गाउँपालिकाले हालसम्म कति क्षति भयो भनेर विवरणसमेत संकलन गरेको छैन।

असिनाले २४ वटा घरमा क्षति पुगेको विवरण संकलन गरिएको प्रहरी चौकी तापेथोकका प्रमुख असई केशवराज मैनालीले बताए। ‘हामीले घरको छाना उडाएको, प्वाल पारेको मात्रै संकलन गर्‍यौं, बालीनाली सबैको नष्ट गरेको छ’, मैनालीले भने। मकै र आलुले ४ महिना खान पुग्छ। बाँकी ६ महिना भारी बोक्ने, निर्माणका कामजस्ता ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नुपर्छ।

असिना पानीले फक्ताङलुङ गाउँपालिकाको बतासे, आहाले, साँघु, कम्फिलाङ, ढाडेनी, सिस्नेलगायतमा मकै र आलुसहित नगदे बाली नष्ट पारेको छ।

अधिकांशको आम्दानी वार्षिक १० हजारभन्दा धेरै नहुने दिलकुमार बताउँछन्। भन्छन्, ‘गएको हिउँदमा जोहो गरेको अन्नले भदौ असोजसम्म दुःखले धान्छ होला, त्यसपछि समस्या हुनेभयो।’ अहिले गाउँमा तरकारी र पशु चौपायालाई घाँसको अभाव रहेको चन्द्रमणि लिम्बूले बताए। असिनाले गाउँ नै उजाड बनाएको पूर्ण लिम्बूले सुनाए। उनले भने, ‘अहिले पालमुनि बसिरहेका छौं।’ ६० घरले पुःन जोतेर मकै छरेका छन् भने अन्यले बाँझै छोडेका छन्।

गाउँपालिका उपाध्यक्ष फुलमाया लिम्बुले भनिन्, ‘योजना अनुगमन गर्ने क्रममा पुगेकी थिएँ, बाढीपहिरो गएजस्तै उजाड र विरक्त चल्ने भएको छ।’ गाउँपालिका अध्यक्ष सरोज लिम्बूले तत्काल राहत दिन कुनै कोष नरहेको बताए। ‘विपद्बाट भएको क्षतिमा राहत दिने कोष छैन’, लिम्बूले भने, ‘ठूलै समस्यामा भएकाले कार्यपालिकाको बैठकमा प्रस्ताव राख्नेछु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.