विश्व वातावरण दिवस : शान्तिधाममा वृक्षारोपण

विश्व वातावरण दिवस : शान्तिधाममा वृक्षारोपण

उदयपुर : विश्व वातावरण दिवसको अवसरमा उदयपुरमा विभिन्न प्रजातिका १ सय २६ वटा बोटविरुवा रोपिएको छ। 'स्वच्छ वायु स्वास्थ जीवन' भन्ने मुलनाराका साथ डिभिजन वन कार्यालयको आयोजनामा सदरमुकाम गाईघाटस्थित शान्तिधाममा विरुवा रोपिएको हो। 

त्रियुगा नदी किनारामा झण्डै एक विघा क्षेत्रफल ओगटेको शान्तिधाममा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले लिच्चिको बोट रोपेर उद्घाटन गरेका थिए।कार्यक्रममा सहभागीले लिच्चि,आँप, कटहर, अमला, मसला, बाँस, टिक, खयरलगायतका विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख परियारले विरुवा रोप्नुभन्दा पनि त्यसको संरक्षणमा मुख्य ध्यान दिनुपर्ने बताए। उनले रोपिएका बीउको संरक्षण र सम्र्बद्धनका लागि आयोजकलाई ध्यान दिन आग्रह गरे। उनले वृक्षारोपणले उजाड क्षेत्र र लोपन्मुख बिरुवाको संरक्षण र संवद्र्धनका साथै हरियालीमा परिणत हुने हुँदा स्थानीयमा अपनत्व हुनुपर्नेमा जोड दिए।

वातावरणीय हिसाबले सम्वेदनशील र विगतको डम्पिङ साइडको रुपमा प्रयोग हुँदै आएको शान्तिधामलाई डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा हरियाली प्रर्वद्धन कार्यक्रम सुरुवात गर्ने समेत घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.