मेयरले वडाको बजेट रोकिदिएपछि विकास निर्माणको काम ठप्प

मेयरले वडाको बजेट रोकिदिएपछि विकास निर्माणको काम ठप्प

सिरहा : सिरहाको लहान नगरपालिकामा -४ र २० को चालु आर्थिक वर्षमा विनियोजन गरिएको योजनाको बजेट मेयर मुनि साहले रोक्‍का गरेका छन्।अख्तियारी रोक्‍का भएपछि वडास्तरीय विकास निर्माणका काम ठप्प भएका छन्।

मेयर साहले निजी सचिवालयबाट पत्र काटेर प्रमुख प्रशासकीय अधिकृतलाई यी दुई वडामा विकास निर्माणमा विनियोजित बजेट कार्यान्वयन गर्न प्राविधिक समस्या भएकाले बजेट रोक्‍का गरेको साह बताएका छन्।

नगरसभाबाट वडा नम्बर ४  मा वडा अध्यक्षमार्फत सञ्चालन गर्ने योजनाका लागि ३३ लाख, वडा नम्बर २० मा ३८ लाख र वडा कार्यालय सञ्चालनका लागि ७/७ लाख रुपैयाँ विनियोजन गरेको थियो। केही योजनामा उपभोक्ता समिति गठन भइसकेका छन्।तर, त्यसको पनि भुक्तानी रोक्‍का भएको छ।

वडास्तरीय योजनाबाट १ लाख ८१ हजार मात्रै भुक्तानी भएको वडा नम्बर ४ का अध्यक्ष रामनाथ पंडितले बताए। उनका अनुसार बाँकी सबै काम र भुक्तानी मेयरले रोक्का गरेका छन्। 'दुई महिनादेखि नै वडास्तरीय योजनाको काम गर्न नगरपालिकाबाट झन्झट दिँदै आएको थियो, काम सम्पन्न भएको योजनाको भुक्तानी, उपभोक्ता समितिलाई कार्यादेश दिँदैनथ्यो, उनले भने, 'पछि आएर बजेट रोक्का गरेको पत्र नै दियो।' आर्थिक वर्ष सक्न केहीदिन बाँकी रहँदा यसरी विकासको काम रोक्नु दुर्भाग्य रहेको उनको आरोप छ।

वडा नम्बर ४ र नगरपालिका बीच फोहोर व्यवस्थापन विषयमा उत्पन्न भएको विवादका कारण यस वडाको बजेट रोक्का गरिएको बुझिएको छ। वडाअध्यक्ष पंडित र वडावासीले फोहोर व्यवस्थापन केन्द्रलाई नगरपालिकाले भण्डारणको रुपमा प्रयोग गरेको भन्दै त्यहाँ फोहोर फाल्न रोक लगाएका छन्। स्थानीयले फोहोर फाल्न रोक लगाएपछि नगरपालिकाले २२ दिनदेखि फोहोर उठाउन छाडेका छन्।

आफ्नो वडामा बजेट रोक्का गरिएको पत्र नआएको वडा नम्बर २० का वडा अध्यक्ष गणेश चौधरीले बताए। 'बजेट रोक्का गरेको सुनेको छु, तर पत्र पाएका छैन्,' उनले भने, 'आफ्नो वडामा उपभोक्ता समिति नै ढिलो बनेको छ। कामहरु सुरु हुन सकेको छैन्।'

फोहोर फाल्ने विवादले वडा नम्बर ४ को बजेट रोक्का गरेको मेयर साहले पनि स्वीकार गरेका छन्। त्यस्तै, वडा नम्बर २० मा वडा सदस्य र स्थानीयले नगरपालिकामा उजुरी गरेपछि रोक्का गरिएको मेयर साहले बताए।'वडाको निर्णय प्रक्रियामा वडा सदस्यलाई आफूलाई वडाअध्यक्षले कुनै सोधपुक्ष नगरेको र स्थानीयले वडाको योजनामा वडाअध्यक्ष मनपरी गरेको भन्दै नगरपालिकामा उजुरी गरेको छ,' मेयर साहले भने, 'त्यही भएर बजेट रोक्‍का गरिएको छ।'समस्या समाधानका लागि छलफल चलिरहेकाले केही दिनमै फुकुवा हुने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.