कोरला नाका र लोमान्थाङ जाने गाडीलाई 'टाइम कार्ड'

कोरला नाका र लोमान्थाङ जाने गाडीलाई 'टाइम कार्ड'

मुस्ताङ : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर,बेनी–जोमसोम–कोरला सडक आयोजनाले बुधबारदेखि लागु हुनेगरी मुस्ताङको लोमान्थाङ र उत्तरी कोरलानाका जान सवारी साधनलाई 'टाइम कार्ड' (समय तालिका) लागु गरेको छ।

आयोजनाले मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिकाको कागबेनीस्थित भीरमा ब्रेकर लगाएर सडक चौडा गनुपर्ने भएकाले १५ दिनका लागि समय तालिका सार्वजनिक गरेको हो।

सडक डाइभर्सन गरी सडक चौडा गर्न असहज देखिएकाले उपल्लो मुस्ताङ जाने गाडीलाई समय तालिका मिलाइएको करिडोर सडकका आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए। तालिका अनुसार  बिहानको ४ बजेदेखि बिहान ९ बजे र बिहान ११ बजे देखि अपराह्न ४ बजेसम्म गाडी आवतजावत गर्न पाइने छैन। बिहान ९ बजे देखि ११ बजे २ घण्टा र अपराह्न ४ बजेदेखि बेलुकाको समयमा मात्र गाडी वारपार गर्न पाइने व्यवस्था मिलाइएको हो।

तोकिएको १५ दिनभित्र करिब २ सय मिटर भीर कटिङ गर्ने लक्ष्य लिएको आयोजना प्रमुख अधिकारीले खुलाए। कोरला सडकखण्डको पहिलो प्याकेज जोमसोम पक्की पुलदेखि ताङ्वे सम्मको १८ किलोमिटर सडक स्तरोन्नति र चौडा गर्ने जिम्मा ब्रजगुरु खड्गकृष्ण जेभीले पाएको छ।

यस्तै उपल्लो मुस्ताङको नेचुङ भन्सार देखि कोरला सम्मको १८ किमी ग्राभेल सडक यसअघि नै सडकलाई हस्तान्तरण गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.