२१ महिने छोरीलाई झुन्ड्याएर आत्महत्या !

२१ महिने छोरीलाई झुन्ड्याएर आत्महत्या !

ललितपुर : दक्षिण ललितपुरको महांकाल गाउँपालिका–४ स्थित गुम्बाडाँडामा २१ महिनाकी छोरीलाई झुन्ड्याएर एक महिलाले आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार आत्महत्या गर्नेमा मुगुकी २६ वर्षे जानु शर्मा रहेकी छन्।

बुधबार साँझ ६:३० बजेतिर घटनाका बारेमा जानकारी आएपछि ललितपुर प्रहरी घटनास्थलमा पुगेको थियो। जानु स्थानीय प्रेमप्रसाद घिमिरेको घरमा भाडामा बस्दै आएकी थिइन्।

ढोका बन्द रहेको र बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि प्रहरी र वडाध्यक्ष सहितको टोली कोठाभित्र पसेको थियो। त्यहाँ जानु झुन्डिएको अवस्थामा फेला पारेकी थिइन्।

महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रवक्ता नारायण चिमोरीयाका अनुसार जानूले कोठामा आत्महत्या गरेको पुष्टी भएको छ। उनले कोठाभित्र रहेको बलोमा सलको पासो बनाएर छोरीलाई झन्ड्यिाएर र आफू पनि त्यहीँ झुन्डिएको प्रहरीले जनाएको छ।

घटनास्थल महानगरीय प्रहरी वृत्त चापागाउँबाट करिब ६० किलोमिटरको दुरीमा पर्छ। घटनास्थलमा पुगेका चापागाउँ वृत्तका प्रमुख राजकुमार खिउजुका अनुसार जानुले मजदुरी गरेर गुजारा गर्दै आएकी थिइन्।

प्रहरीका अनुसार उनी कामको सिलसिलामा मुगुबाट त्यहाँसम्म आएको थिइन्। श्रीमानले अर्की श्रीमती ल्याएका कारण जानु केही महिनादेखि एक्लै बस्दै आएकी थिइन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.