लोमान्थाङमा जमिनमुनिबाट विद्युतका तार

लोमान्थाङमा जमिनमुनिबाट विद्युतका तार

मुस्ताङ : विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक,धार्मिक, पुरातात्तिक तथा पर्यटकीय महत्त्वको माटोको सहर लोमान्थाङमा विद्युत्का तार जमिनमुनिबाट लैजाने काम सुरु भएको छ। तारबाट हुने सम्भावित जोखिम रोक्न र बजारक्षेत्रको सुन्दरता जोगाउन गाउँपालिकाले यस्तो योजना ल्याएको हो।

लोमान्थाङ गाउँपालिका ५ का वडाध्यक्ष लामा रिङझिङ धोर्जे बिष्टले हालै एक सामारोहबीच विद्युत्का तार जमिनमुनिबाट लैजाने कार्यको शिलान्यास गरेका थिए। उनले वडाको दिगो विकासका लागि चालु वर्षको पूरै बजेट विद्युत् वायर व्यवस्थापनमा खर्च गरिने बताए। टुक्रे योजनाले विकासको गति अघि नबढ्ने उल्लेख गर्दै उनले बजारको सुन्दरता जोगाउने काम र वडालाई एक घर एक धारा लक्ष्यसहित काम अघि बढाइने जनाए। उनले जिल्ला खानेपानी संस्थानबाट पञ्चवर्षीय योजनाअन्तर्गत १ करोड ५० लाख प्राप्त भइसकेको बताए। खानेपानी पञ्चवर्षीय योजनाको अवधि अझै २ वर्ष बाँकी छ।

चीन सरकारबाट ३ वर्षअघि सहयोग प्राप्त लोमान्थाङमा ७० किलोवार्ड क्षमताको सौर्यउर्जा सञ्चालनमा छ। वडाध्यक्ष बिष्टका अनुसार भइरहेको सौर्यऊर्जा वायरलाई अन्डरग्राउन्ड गर्न गाउँपालिकाले ६९ लाख बजेट छुट्याइएको हो। दिगो रूपमा व्यवस्थापन गर्न नेसनल ग्रेडको तार समेत जमिनमुनिबाट लैजान मिल्नेगरी वायर अन्डर ग्राउन्ड गर्ने काम थालिएको वडाध्यक्ष बिष्टको भनाइ छ।

यस्तै उपभोक्ता समितिका अध्यक्ष छेवाङ बिष्टले लोमान्थाङको प्राकृतिक सौन्दर्यता जोगाउन तार व्यवस्थापन गर्ने काम सुरु भएको बताए। लोमान्थाङ बजारमा करिब १ सय ८० घरधुरी छन्। जसमध्ये करिव ३० जति पर्यटक लक्षित होटल तथा रेस्टुरेन्ट छन्। लोमान्थाङ बजारमा पूर्वराजा जिग्मे परवल बिष्टको ऐतिहासिक माटोले बनेको दरबार छ। यहाँका पूरै घर माटोद्वारा निर्मित र एकआपसमा जोडिएका छन्।

तारबाट हुने सम्भावित जोखिम रोक्न र बजारक्षेत्रको सुन्दरता जोगाउन गाउँपालिकाले यस्तो योजना ल्याएको हो।

मुस्ताङमा छतमाथि दाउरा राख्ने चलन पुरानो हो। तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्मका घरमा छतमाथि लस्करै दाउरा सजाइएका छन्। लोमान्थाङ बजारका प्राय घरमा छतमाथि दाउरा सजाइएको हुन्छ। यो चलन यहाँको घरेलु साँस्कृतिक चलन र सभ्यता हो। कतिपयका छतमाथि चौपायालाई दिने घाँस पनि सुकाइएको हुन्छ। विद्युतीकरण गरिएका घरका छत माथिबाट तार तानिएकाले यसबाट कुनै पनि बेला विद्युत् सट सर्किट भई दाउरा र घाँस सल्किन सक्ने खतरा उत्तिकै हुन्छ।

भौतिक धनजनको क्षति रोक्न विद्युतीकरण गरिएका संरचनालाई जमिनमुनिबाट वितरण गर्न थालिएको उपभोक्ता समितिका अध्यक्ष छेवाङ जिग्मे बिष्टले जानकारी दिए। उनका अनुसार तार अन्डर ग्राउन्ड गर्न चाहिने आवश्यक सामग्री खरिद भई ढुवानी भइसकेकाले तोकिएको समयमै पूरा हुने जनाए।

उपल्लो मुस्ताङकै प्राचीन बस्तीका रूपमा स्थापित लोमान्थाङ सहरलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्दै यहाँको वातावरणीय सुन्दरता जोगाउन वायर व्यवस्थापन गर्ने योजना अघि बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीलकुमार अर्यालले जानकारी दिए। उनले हालको विद्युत्का तारको संरचनाबाट बजारक्षेत्र भत्ता र अशोभनीय देखिएको खुलाए। उनले विद्युत् अन्डर ग्राउन्डले विद्युत्पछि विद्युत्को जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.