शक्तिशाली तीन बालिका

शक्तिशाली तीन बालिका

द पावरपफ गल्र्स सुपरहिरोसम्बन्धी एक एनिमेटेड टेलिभिजन सिरिज हो। यसका सर्जक क्रेग म्याक क्र्याकन हुन् भने निर्माता हान्ना बार्बेरा हुन्। किन्डरगार्टेन कक्षामा पढ्ने उमेरका तीन जना बालिकाको कथामा यो कार्टुन घुमेको छ। ती तीन बालिकाको नाम ब्लोसम, बबल्स र बटरकप रहेको छ। यी तीनै जना बालिकासँग अलौकिक शक्तिसमेत रहेको हुन्छ।

यी बालिकालाई उनका बाबु वैज्ञानिक प्रा.युटोनियमले सिर्जना गरेका हुन्। उनीहरू अमेरिकाको टाउन्सभिल्ली निवासी हुन्। सहरमा नजिकै कतै कुनै हिंसात्मक घटना घटे त्यहाँका मेयरले यी तीनै जना बालिकालाई बोलाउने गरेका हुन्छन्।

यो कार्टुन निकै पुरानो हो। कार्टुन नेटवर्कले आफ्नो कार्यक्रम ‘ह्वाट अ कार्टुन’मा पहिलोपटक सन् १९९५ मा यसलाई प्रसारण गरेको थियो। यसको अन्तिम इपिसोड सन् २००५ को मार्च २५ मा देखाइएको थियो। ६ सिजनमा जम्मा ७८ इपिसोडमा यो कार्टुन प्रसारण गरिएको थियो। यस कार्टुन इम्मी अवार्ड, एन्नी अवार्ड र किड्स च्वाइस अवार्डमा समेत मनोनयनमा परिसकेको छ।

यी तीन बालिकाको भिन्दाभिन्दै रङका कारणले उनीहरूलाई पहिचान गर्न सजिलो हुन्छ। ब्लोसम गाडा गुलाफी रङको हुन्छिन् भने बबल्स हल्का नीलो र बटरकपको रङ गाडा हरियो हुन्छ। आफ्नो सहरलाई विभिन्न खलपात्र र ठूलठूला राक्षसबाट जोगाउनका लागि उनीहरूले

आफ्नो शक्ति प्रयोग गर्छन्। यीबाहेक ससाना बालबालिकाका समस्यालाई समाधान गर्ने काममा पनि उनीहरू लागि पर्ने गर्छन्। विद्यालयमा साना केटाकेटीबीचको झगडामा मध्यस्थता गरिदिने, व्यक्तिगत सरसफाइमा सचेत गराउने, ओछ्यानमा पिसाब फेर्नेलगायतका समस्यामा बालबालिकालाई सम्झाउन उनीहरूले पहल गरिदिने गर्छन्।

यी तीन जना बालिकाको उत्पत्तिको कथा पनि निकै रोचक छ। उनीहरूका बाबु प्राध्यापक युटोनियम सर्वगुण सम्पन्न एउटा छोरी बनाउने धुनमा लागेका हुन्छन्। प्रयोगशालामा प्रयोग गर्ने क्रममा उनले आफ्नो आवश्यकता अनुसारको एक बालिका बनाउन चिनी, मसला र सबै राम्रा कुरा हाल्छन्। तर दुर्घटनावश उनले ‘केमिकल एक्स’ हाल्न बिर्सिन्छन्। यसैको फलस्वरूप तीनजना बालिका उत्पत्ति हुन्छन्। तर यी बालिकासँग अचम्मकै शक्ति हुन्छ। उनीहरू पखेटाबिना पनि उड्न सक्छन्। ज्यादै बलवान् हुन्छन्। उनीहरूको गति अति नै छिटो हुन्छ। दृष्टि एक्स रेको जस्तो हुन्छ। चट्याङ र आगोप्रति पनि उनीहरूले नियन्त्रण गर्न सक्छन्।

उनीहरू तीनै जनाको अन्डाकारको टाउको हुन्छ भने आँखा निकै ठूलठूला हुन्छन्। उनीहरूको नाक, आँखा, औंला र घाँटी पनि हुँदैन।

ब्लोसमको स्वरमा क्याथरिन क्याभाडिनीले आवाज दिएकी छिन् भने बबल्सकोमा तारा स्ट्रङले र बटरकपकोमा इजी डेलीले आवाज दिएकी छिन्। यही कार्टुनका आधारित रहेर धेरै भिडियो गेमहरू प्नि बनिसकेका छन्। यस कार्टुनलाई युट्युबमार्फत हेर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.