नेकपाको हस्तक्षेपले देश अप्ठ्याराेमा पर्‍याे : देउवा

नेकपाको हस्तक्षेपले देश अप्ठ्याराेमा पर्‍याे : देउवा

ललितपुर : पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले मुलुकलाई अप्ठेरोतिर धकेलेको आरोप लगाएका छन्। लगनखेलमा शुक्रबार कांग्रेसको जागरण अभियानको समापन गर्दै सभापति देउवाले सरकारले एकपछि अर्को हस्तक्षेप गरेको आरोप लगाएका हुन्। 

कांग्रेसको उक्त अभियान मुलुकभर आइतबार सम्पन्न हुने भएपनि ललितपुरमा शनिबार सिठी नःख पर्व भएकाले शुक्रबार नै समापन गरिएको छ। समापन कार्यक्रममा बोल्दै देउवाले सरकारले प्रजातान्त्रिक अधिकार तथा प्रेस स्वतन्त्रमा हस्तक्षेप गरेको समेत आरोप लगाए। 

‘लेख्न नपाइने मुलुकमा मानवअधिकार हुँदैन’ देउवाले भने, ‘प्रेस स्वतन्त्रता र प्रजातन्त्र पर्यायवाची हुन् कुनैलाई दमन गर्दा पनि मावनअधिकार हनन् हुन्छ।’ नेकपाले मानवअधिकारलाई कमजोर बनाउन खोजेको तर कांग्रेसले यस्तो हुन नदिने उनले बताए। ‘नेकपाले अर्काको जग्गा खोस्ने काम गरेको छ’ देउवाले भने।

यस्तो चुनौतीपुर्ण समयमा सबै कांग्रेसजन एकजुट भएर लाग्न र मिलेर अगाडी बढ्न समेत देउवाले सुझाव दिए। ललितपुरमा ०३१ सालदेखि नेकपामा काम गरेका रामकृष्ण हुमागाई देउवाले कांग्रेसमा प्रवेश गराएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.