हात्तीबाट जोगिन पोस्टर !
झापा : जङ्गली हात्तीहरु दिउँसै गाउँ पस्न थालेपछि जानकारी मूलक पोस्टरहरु टाँस्न थालिएको छ। स्थानीयलाई सावधानी र सचेत रहनका लागि डिभिजन वन कार्यालय झापा लेसचेतना मूलक पोस्टरहरु टाँस्न थालेको हो।
कार्यालयले वडा, सामुदायीक भवन, जंगल पस्ने द्वार र खेतिपाती बढी हुने क्षेत्रहरुमा पोस्टर टाँस्न थालेको हो। डिभिजन कार्यालयले सुरुवाती चरणमा अर्जुनधारा, भद्रपुर, मेचीनगर र हल्दिबारी, कचनकवल, र बुद्यशान्ति गाउँपालिकाका विभिन्न स्कूल तथा सार्वजनिक स्थानमा ‘हात्तीसँग सावधानीपूर्वक सहयात्रा’ भन्ने नारासहितका पोस्टर टाँस्ने कार्यको थालनी गरेको छ।
पोस्टरमा सानो बच्चासँगै रहेको हात्ती, र उक्त हात्ती सँग जम्काभेट भएमा के हुन्छ ? भन्ने कुरा उल्लेख छन्। धुनमा रहेको हात्तिलाई जिस्काउँदा, आगो बालिदिँदा उसले गर्ने हानीको बारेमा पनि पोस्टरमा उल्लेख छ।