पत्रकार महासंघको सदस्यता डान्सबारवालाले पनि पाए : मन्त्री बाँस्कोटा
दाङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सीलको मुख्य उद्देश्य मिडिया नियमन रहेको बताएका छन् ।
ऐनलाई नबुझेर विरोध भइरहेको भन्दै नेपाल पत्रकार महासंघको सदस्यता बोकेर ठेक्कापट्टा गर्ने ठेकेदार, डान्सबारवाला, व्यापारी रहेको भन्दै त्यस्तालाई नियमन गर्न मिडिया काउन्सील विधेयक ल्याउन लागिएको बताए ।
‘अहिले पत्रकार महासंघको सदस्यता डान्सबारवालाहरुले पनि पाएका छन्, पत्रकारहरुले पनि पाएका छन्, व्यापारी, ठेकेदारहरुले पनि पाएका छन् । पाउनुपर्ने कसले हो, हामीले त्यही नियमन गर्न खोजेका हौँ,’ मन्त्री बाँस्कोटाले भने ।
दाङमा शुक्रबार सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मिडियाले अहिले आफ्नो खोइरो खनिरहेको भन्दै गुनासो समेत गरे । ‘मैले राम्रो बोल्छु मिडियाले गलत देख्छ । सबैले खोइरो खनिरहेका छन् । सकभर यस्तो नगर्नू होला ।’