लेक लागेर युवकको मृत्यु

लेक लागेर युवकको मृत्यु

मुगु : यार्सा संकलनका लागि गएका जुम्ला जिल्ला पातारासि गाँउपालिका–५ का एक युवकको लेक लागेर मृत्यु भएको छ ।

लेक लागेर बिरामी भएपछि उपचारका लागि लेकबाट ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो । मुगुम कार्मारोङ्ग गाँउपालिका–२ मुगु गाँउको रिमार भन्ने पाटन क्षेत्रमा यार्सा संकलनमा गएका जुम्ला जिल्ला पातारासी गाउँपालिका–५ का ३२ वर्षीय नन्दबहादुर बुढाको मृत्यु भएको हो ।

बिहान लेक लागेपछि उनीसँगै गएका उनका साथीहरुले उपचारका लागि सदरमुकाम गमगढी ल्याउदै गर्दा मुगुम कार्मारोङ्ग गाँउपालिका–२ मुगु गाँउ र शिरानी चौरको बीचमा पर्ने जङ्गलमा बिहान ११ बजे मृत्यु भएको नेपाल सशस्त्र प्रहरी गुल्म ४५ का डिएसपी बसन्त बहादुर सिंहले जानकारी दिएका हुन् ।

मुगुम कार्मारोङ्ग गाँउपालिका–२ मुगु गाँउका आधा दर्जन भन्दा बढी पाटन क्षेत्रमा पाइने यार्सागुम्बु संकलनका लागि उक्त गाँउपालिकाले जेठ १८ गतेबाट ४० दिनका लागि सर्वसाधारणलाई संकलन गर्न खुल्ला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.