ललितपुरमा सकियो कांग्रेसको कलह

ललितपुरमा सकियो कांग्रेसको कलह

ललितपुर : पहिलो चरणको जागरण अभियान समापनसँगै ललितपुर कांग्रेसमा भएको आन्तरिक कलह समाधान भएको छ। ललितपुर कांग्रेसमा रहेको  कलहकै कारण ०७४ को चुनावमा कांग्रेसले हार व्यहोर्नु परेको निष्कर्ष उनीहरुले निकालेका छन्। 

पार्टीलाई अन्तर्घात गरेको, पार्टी कार्यालय व्यक्तिको नाममा राखेको र अनुशासनहिन भएको भन्दै केही समयअघि जिल्ला सभापति मदनकुमार अमात्य र पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठबीच कलह बढेको थियो। 

ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको पार्टी कार्यालय कित्ता नम्बर ६१३ ले ८ आना क्षेत्रफल ओगटेको छ। ०७४ सालमा जग्गा नेपाली कांग्रेसमा आस्था राख्ने कुलाल महर्जनले उपलब्ध गराएको श्रेष्ठले बताउँदै आएका थिए।  

श्रेष्ठको भनाईमा जग्गा श्रेष्ठकै नाममा पास गर्नुपर्ने सर्त जग्गाधनी महर्जनले गरेका थिए। जग्गा पार्टीको नाममा पास गरेपनि पार्टी कार्यालय श्रेष्ठको नाममा राखेको बताउँदै आएका थिए। तर, जिल्ला सभापति मदन अमात्य भवन पार्टीको नाममा नामसारी गरिपाउँ भन्दै पाटन जिल्ला अदालत पुगे। 

लामो समयदेखि अड्कीएको उतm मुद्दा जिल्ला न्यायधीस पिताम्बर शर्माले हेरेका थिए। हाल दुबैखेमाका नेताहरु सहमतिमा आउनुपर्ने महशुस गरेपछि मेलमिलाप भएको छ। न्यायधीश शर्माले मुलुकीदेवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मुद्दा मिलापत्र गराएका छन् । 

शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति अमात्यले करीब २० वर्षदेखिको सम्पूर्ण समस्या मिलेको दाबी गरे। ‘आन्तरीक बेमेलको परिणाम के हुन्छ भन्ने ०७४ को चुनावले देखाइसकेको छ’ अमात्यले भने,‘अब मलेर जानुको विकल्प छैन।’ 

अमात्यले चुनावमा पार्टीलाई अन्तर्घात गरेको भन्दै श्रेष्ठ खेमाका २७ जनालाई कारबाहीको सिफारिस समेत गरेका थिए। कारबाही शनिबारदेखि फुकुवा भएको समेत उनले जानकारी दिए।  जानकारी केन्द्रमा चाँडै पठाउने पनि जानकारी दिए। 

श्रेष्ठ यतिबेला कामको सिलसिलामा बाहिर छन्। उनको प्रतिनिधित्व गर्दै कार्यक्रममा महासमितिका सदस्य जितेन्द्र श्रेष्ठ मलेकु उपस्थित भएका थिए। ओमकार श्रेष्ठलाई उदृत गर्दै मलेकुले भने,‘सम्पुर्ण बेमेलबाट विश्राम लिन चाहेका छौं।’ नेपाली कांग्रेसमा गुट उपगुट बनाउन नचाहेको उनले प्रस्ट पारे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.