कर्मकाण्डी घाेकन्ते शिक्षण बदल्नुपर्छ : डा. बाबुराम भट्टराई

कर्मकाण्डी घाेकन्ते शिक्षण बदल्नुपर्छ : डा. बाबुराम भट्टराई

शिखर चिमौरिया

काभ्रे : पूर्व प्रधानमन्त्री एवं संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले कर्मकाण्डी किसिमको घोकन्ते शिक्षाबाट डिग्री मात्रै लिएर निस्कने खालको शिक्षणले विकासमा टेवा पु¥याउन नसक्ने बताएका छन् ।

यस्तो शिक्षा पद्धत्तिलाई अब स्थानीय तहहरुले बदल्नुपर्नेमा उनले जोड दिएका छन् । पढाइ मात्रै नभएर प्रयोगात्मक शिक्षामा पनि जोड दिनुपर्ने सुझाव दिए । नेता डा. भट्टराईले शिक्षा भनेकै संसार बदल्ने ज्ञान भएको भन्दै शैली नै बदल्नुपर्ने बताएका थिए ।

शनिबार काभ्रेको पनौतीस्थित सिद्धार्थ वनस्थली ईन्स्टिच्युटले आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा संघीय नेपालमा शिक्षाको महत्व’ विषयक कार्यक्रममा बोल्दै उनले संसारलाई बुझ्ने र बदल्ने शिक्षा भएकाले घोकन्ते ढंगले पढाउने र पढ्ने गरेर प्रगति हुन नसक्ने बताए ।

कार्यक्रममा काठमाडौं विश्व विद्यालयका उपकुलपति डा. रामकण्ड माकजु श्रेष्ठले शिक्षकको आदर गर्ने वानीको विकास गर्नुपर्ने बताए । कार्यक्रममा सिद्धार्थ वनस्थली गोष्ठीका अध्यक्ष क्याटेन  रामेश्वर थापाले विद्यालय व्यापारका लागि नभएर सेवामुलक हुनुपर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.