घुस लिँदै गरेको अवस्थामा सबइन्जिनियर पक्राउ

घुस लिँदै गरेको अवस्थामा सबइन्जिनियर पक्राउ

नुवाकोट : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिवार नुवाकोटको वेलकोटगढी नगरपालिकाका सवइन्जिनियर बद्री भण्डारीलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा उनलाई घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ।

स्टिङ अपरेशन अन्तर्गत अख्तियारको विशेष टोलीद्वारा भण्डारी पक्राउ परेको अख्तियारले जनाएको छ। उनलाई शनिवार दिउँसो १ वजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट खटिएको विशेष टोलीले काठमाडौं बालाजुको गुरास रेस्टुरेन्टबाट सेवाग्राहीसँग घुस लिँदै गरेको ३५ हजार रुपैयाँसहित पक्राउ गरिएको आयोगका सहसचिव कालीप्रसाद पराजुलीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका भण्डारीलाई हिरासतमा राखि थप अनुसन्धान सुरु गरिएको छ। सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका भण्डारीलाई अनुसन्धानपछि भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्धा दायर गरिने सहसचिव पराजुलीले बताए।

चितवनको अयोध्यापुरी घर भई १२ वर्षदेखि नुवाकोटमा सवइन्जिनियरको रुपमा कार्यरत ३९ वर्षिय भण्डारी डेढ वर्षदेखि वेलकोटगढी नगरपालिकामा कार्यरत थिए। बार्गेनिङ गर्दै रकम लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव कालीप्रसाद पराजुलीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.