जताततै कर्मचारी अभाव

जताततै कर्मचारी अभाव

भोजपुर : जिल्ला तहदेखि स्थानीय सरकारको तल्लो निकायसम्म कर्मचारी अभाव खट्किएको छ। लोकसेवाबाट आएका कर्मचारी सुगम खोज्दै हिँड्न थालेपछि कर्मचारी अभाव बढको हो। जिल्ला प्रशासन कार्यालय भोजपुरमा दरबन्दीअनुसारका पर्याप्त कर्मचारी नहुँदा बाँकी कर्मचारीलाई भार परेको छ। कर्मचारी नहुँदा दैनिक ३० देखि ४० को हाराहारीमा नागरिकता र राहदानी बनाउन आउने सेवाग्राही मारमा पर्ने गरेका छन्।

दुई दिन पैदल धाएर राहदानी बनाउन पुगेका उत्तरी साल्पासिलिछो गाउँपालिका– ४ खाटम्माका प्रसान राईले पालो कुर्दै दिन गएको गुनासो गरे। ‘सदरमुकामसम्म आउनु नै यति कष्ट, त्योमाथि कार्यालयमा कर्मचारी नहुँदा पालो पर्खनुपर्ने’, उनले भने, ‘एकछिनको कामका लागि दुई दिन कुर्नुप¥यो।’

सदरमुकाम धाउँदाको कष्टकर यात्रा, होटलमा महँगो पैसा तिरेर बस्नुपर्ने बाध्यता छ ग्रामीण भेगका सेवाग्राहीलाई। साल्पासिलिछो, आमचोक र हतुवागढी गाउँपालिकाका दुर्गम भेगका सेवाग्राहीलाई नागरिकता र राहदानी बनाउन हप्ता बित्छ। ‘एउटा नागरिकता बनाउन झन्डै एक हप्तै लाग्छ। यहाँ होटल, लजमा बस्दा उत्तिकै खर्च हुन्छ’, रामप्रसाद राई गाउँपालिका–६ बैकुण्ठेका महेश गेलालले भने।

२३ दरबन्दी रहेको जिल्ला प्रशासनमा अहिले ३ अधिकृत, २ नासु, २ खरिदार, १ कम्प्युटर अपरेटरबाहेक अन्य पद रिक्त छन्। कर्मचारी पदपूर्तिका लागि मन्त्रालयबाटै पठाउन नसक्नाले कर्मचारीलाई दोहोरो मार परेको कार्यालयका नायब सुब्बा मख्खन श्रेष्ठले बताए। उनी भन्छन्, ‘मन्त्रालयले कर्मचारी पठाउँदैन। कर्मचारी पनि काजसरुवा मिलाएर सुविधा सम्पन्न, घर पायक ठाउँमा जान्छन्। अहिले कामको भार पहिलेभन्दा दोब्बर थपिएको छ।’

सबैभन्दा बढी कर्मचारी अभाव झेलिरहेको भोजपुरको दक्षिणी आमचोक गाउँपालिका करिब डेढ महिनादेखि वडासचिव विहीन छ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको आफ्नै गाउँ थिदिंखामा पनि वडासचिव छैनन्। तत्कालका लागि अहेबलाई नै दोहोरो जिम्मेवारी दिएर वडासचिवको काम हेर्न लगाइएको छ। वडासचिव नहुँदा अहेबलाई नै काममा खटाउन बाध्य भएको गाउँपालिका प्रमख अशोक राईले बताए।

स्थानीय सरकार बनेपछि सुरुमा ६ जना वडासचिवमध्ये ४ जना सरुवा मिलाएर र बाँकी २ जना सचिव पनि समायोजनपछि डेढ महिनाअघि सरुवा भएपछि सिंगो गाउँपालिका वडासचिव विहीन हो। कर्मचारीका लागि केन्द्र सरकारसम्म पहल भइरहे पनि अहिलेसम्म सम्बोधन हुन नसकेको अध्यक्ष राईले बताए। उनले भने, ‘सचिव नहुँदा जनताको काम एकदमै प्रभावित भएको छ। वडामा पञ्जीकरण, बसाइँ सराइलगायतका कामको विकल्प खोज्न बाध्य छौं।’

जिल्लाका ९ वटै स्थानीय तहका अधिकांश वडाहरुमा सचिव नहुँदा दैनिक कार्यसम्पादनमा समस्या छ। टेम्केमैयुङ गाउँपालिकाको ४ र ५ वडा, षडानन्द नगरपालिकाको १, ६ र ७ वडा, १३ र १४ वडा, ४ र ५, २ र ३ वडा, साल्पासिलिछो गाउँपालिकाको १ र २ वडा, हतुवागढी गाउँपालिकाको ३ र ४ वडा, ५ र ६ वडा, ७ र ८ वडा, पौवादुङ्मा गाउँपालिकाको २ र ३ वडा, रामप्रसाद राई गाउँपालिकाको ४ र ५ वडा, ७ र ८ वडामा एकजना वडासचिवको भरमा काम चलिरहेको छ।

एक सचिवलाई ६ वडाको भार

सदरमुकाम रहेको भोजपुर नगरपालिकामै पनि १२ वडामध्ये ६ वडा एक सचिवले धानिरहेका छन्। केही महिनाअघि मात्र ११ र ९ को सचिव सरुवा भएकाले तत्काल कर्मचारी नियुक्ति नहुँदा दैनिकजसो ६ वडाको काममा मार परेको वडासचिव मणि राईले बताए। उनले भने, ‘मन्त्रालयबाटै सिफारिस गरी नपठाउँदा यो झमेला भएको हो। आवश्यकता हेरी कर्मचारी नखटाइँदा दैनिक कार्यसम्पादन गर्न समस्या भएको छ।’

यस्तै पश्चिमी टेम्केमैयुङ गाउँपालिकाको ६, ७, ८ र ९ वडाको काम केही वर्षअघिबाटै एउटै वडासचिवको भरमा काम चलिरहेको छ। दुर्गममा कर्मचारी नपठाइँदा कार्यभार बढेको वडासचिव तोयाराज दुलालले सुनाए। ‘गाउँपालिकाले पनि जिल्ला प्राविधिक, सिडिओमार्फत मन्त्रालयसम्म पनि कर्मचारी नियुक्तिको माग त गरेकै हो तर पठाएनन्’, उनले भने, ‘सामाजिक परिचालकको सहयोगमा चार÷चार वडाको काम दुःखसुख चलाइएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.