९९ रोपनीमा पुरुषको शव भेटियो

९९ रोपनीमा पुरुषको शव भेटियो

भक्तपुर : भक्तपुर नगरपालिका- १ सल्लाघारीस्थित ९९ रोपनी खुला चौरमा आइतबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुली घर भएका ४० वर्षीय झलक खत्री मृत अवस्थामा फेला परेका हुन्।

परिसरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले घटनास्थलमा शवसँगै विषादीको खाली दुई बोतलसमेत फेला परेको जानकारी दिए।'घटनाको प्रकृति हेर्दा कर्तव्य ज्यान जाने गरी कसैले मारेको देखिँदैन,' उनले भने, 'शवसँगै विषादीका खाली दुई बोतल फेला परेका छन्।'

प्रारम्भिक अनुसन्धानमा घटनाबारे अरु कसैलाई शंका गर्नुपर्ने अवस्था नदेखिएको उनले बताए।तैपनि विस्तृत अनुसन्धानपछि पूर्ण जानकारी आउने उनले बताए।उपरीक्षक प्रधानका अनुसार झलकले पहिला भक्तपुरमा रहेकी आफ्नी दिदीको मासु पसलमा काम गरेको भएपनि केही समय यता कतै काम गरेको पाइएको छैन।उनकी दिदी आएपछि मात्र शवको सनाखत हुने भक्तपुर प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.