अवैध उत्खननविरुद्ध आन्दोलन

अवैध उत्खननविरुद्ध आन्दोलन

धादिङ : अवैध रुपमा ढुंगा उत्खननका कारण खानेपानीको मूलमा असर गरेपछि थाक्रे गाउँपालिका–७ दामेचौरका स्थानीय आन्दोलनमा उत्रिएका छन्। ढुंगा उद्योगले खानीको जग्गा भएको ठाउँसम्म बाटो लैजाने बहानामा जथाभाबी उत्खनन गरेर विगत लामो समयअघिदेखि उपभोग गर्दै आएको खानेपानी मुहानमा क्षति पुर्‍याएको भन्दै स्थानीयले आन्दोलन गरेका हुन्। साविकको थाक्रे गाउँपालिका–७ र तसर्पु गाविसका अधिकांश स्थानीयले पानी खाने ‘मूलखोला’ भन्ने मुहान क्षेत्रमा बज्रकाली ढुंगा उद्योगले उत्खनन सुरु गरेको छ।

हजारौं बासिन्दाले खाँदै आएको पानीको मुल सुक्दै गएको र उद्योगले सार्वजनिक जमिनमा समेत उत्खनन गर्न सडक खन्न सुरु गरेपछि थाक्रे गाउँपालिका ४, ५, ६, ७ नम्बरका स्थानीयले विरोध जनाएका छन्। स्थानीयबासी किशोर बस्नेतले भने, ‘हाम्रो खानेपानीको मुहानभन्दा २ सय मिटर माथि बाटो खन्ने र जग्गा सम्याउने काम सुरु भएको छ। यसले गर्दा बर्खामा लेते र हिलो बगेर खानेपानीको मुहान बिगार्ने सम्भावना छ। अहिले पनि ढुंगा लडाएर ट्यांकीमा क्षति पुगिसकेको अवस्था भएकाले आन्दोलित हुनुपरेको हो।’ स्थानीयले अवैध ढुंगा ढुंगा उद्योग बन्द गर्नका लागि प्रशासनलाई दबाबस्वरुप खानी क्षेत्रमै प्रदर्शन गरेका थिए।

विरोधपछि गाउँपालिका, वडा कार्यलय, ढुंगा उद्योग र स्थानीयको सर्वपक्षीय भेलाले पानीको मुहानमा अवरोध नगर्ने सहमति भएको थियो। तर उद्योगले बाटो बनाउने नाममा जथाभाबी उत्खनन गर्न थालेपछि स्थानीय विरोधमा उत्रिएको किशोर बस्नेतले जानकारी दिए।

बज्रकाली ढुंगा उद्योगले आफ्नो जग्गामा जाने बाटो बनाउने क्रममा स्थानीयले उपभोग गर्दै आएको खानेपानी ट्यांकीमा क्षति पुर्‍याएपछि स्थानीय आन्दोलित भएको थाक्रे गाउँपालिका–७ का अध्यक्ष रामकुमार बस्नेतले बताए। बस्नेतले भने, ‘उद्योग २०५४ सालतिरै दर्ता भएको रहेछ। अहिले कहींकतै नवीकरण गरेको भन्ने प्रमाण त छैन तर आफ्नो जग्गामा जाने बाटो खन्ने भनेपछि स्थानीयले पनि केही नभनेको तर थाभाबी उत्खनन गर्न थालेपछि विरोध भएको हो।’

खानी सञ्चालनसम्बन्धी नीति बनिसकेपछि वातावरणीय प्रभाव मूल्यांकन भएपछि मात्रै खानी सञ्चालन गर्न दिइने वडा अध्यक्ष बस्नेतले बताए। स्थानीय तहको निर्वाचनपछि दक्षिणी धादिङका विभिन्न ठाउँमा अवैध रुपमा खानी सञ्चालन गर्ने गिरोह सक्रिय छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.