डुबेर दुई विद्यार्थीको मृत्यु

डुबेर दुई विद्यार्थीको मृत्यु

नुवाकोट : दुई छुट्टाछुट्टै स्थानमा डुबेर दुई विद्यार्थीको ज्यान गएको छ। पन्चकन्या र ककनी गाउँपालिकामा खोलामा नुहाउने क्रममा डुबेर दुई विद्यार्थीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

बिदुर नगरपालिका वडा नं. ५ तादी खोला तर्ने क्रममा नुवाकोटकै पन्चकन्या २ कविलासका १६ वर्षीय रामचन्द्र श्रेष्ठ जेठ २३ देखि हराइरहेका थिए। उनको शव आइतबार त्रिशूली नदीमा फेला परेको हो।

दिदीको घरमा आएका बेला पौडी खेल्ने क्रममा तादी खोलाले रामचन्द्र श्रेष्ठसहित बिदुर नपा–५ का २१ वर्षिय विकास कुश्वारलाई बगाएकोमा विकासलाई स्थानीयले तत्काल उद्दार गरेका थिए।

तादी खोलामा हराइरहेका रामचन्द्र श्रेष्ठलाई बगाएको चार दिनपछि धादिङको गजुरी गापा वडा नं. ३ खहरेस्थित त्रिशूली नदीको किनारमा शव फेला परेका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णवहादुर पल्लिमगरले जानकारी दिए। मृतक रामचन्द्र श्रेष्ठले यसै वर्ष कविलासस्थित राष्ट्रिय माविवाट कक्षा ११ को परीक्षा दिएर बसेका थिए।

यसबीच नुवाकोटको पूर्वी भेगमा रहेको ककनी गापा वडा नं २ खानीखोला भई ककनीको ककनी ब्राइटर अंग्रेजी विद्यालयका कक्षा ५ मा अध्ययनरत ११ वर्षीय सरोज तामाङको आइतबारै घर नजिकै रहेको पानी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको वडाध्यक्ष केदार पौडेलले जानकारी दिए।

सरोजको घरदेखि २ सय मितर टाढा पानी जमाउन बनाइएको कृत्रिम पोखरीमा दिउसो पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको वडाध्यक्ष पौडेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.