शुभश्रीको सिमेन्ट उद्योगको उत्पादन सुरु

शुभश्रीको सिमेन्ट उद्योगको उत्पादन सुरु

दाङ : शुभ श्री अग्नी सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन सुरु गरेको छ। ३ वर्षदेखि निर्माणाधीन उद्योगले प्युठान ब्रान्डको ओपिसी सिमेन्ट उत्पादन थालेको हो। डेढ वर्षदेखि सिमेन्ट किल्ङिकर मात्रै उत्पादन गर्दै आएको उद्योगले यसै महिनादेखि सिमेन्ट उत्पादन थालेको उद्योगका म्यानेजर शिव अर्यालले जानकारी दिए।

झन्डै ५ अर्ब रुपैयाँको लगानीमा स्थापना भएको दाङ र अर्घाखाँचीको सिमाना पर्ने अर्घाखाँचीको शितगंगा नगरपालिका ८ चरिङगेमा रहेको उद्योगले पहिलो चरणमा चार सय मेट्रिक टन ओपिसी सिमेन्ट र ८ सय मेट्रिक टन क्लिङकर उत्पादन गरेको छ। उद्योगको एक हजार २ सय मेट्रिक टन सिमेन्ट दैनिक उत्पादन गर्ने क्षमता छ। उद्योगले पूर्णक्षमता अनुसार उत्पादन थाल्न केही महिना लाग्ने र अहिले ४ सय मेट्रिक टन मात्रै उत्पादन गरिरहेको म्यानेजर अर्यालले जानकारी दिए। प्युठान र दाङको चुनढुंगा प्रयोग गरेर उत्पादन गर्न थालिएको प्युठान सिमेन्ट गुणस्तर र सुलभ भएको अर्यालले दाबी गरे।

पहिलो चरणमा ओपिसी सिमेन्ट उत्पादन गरेको भए पनि पिपिसी लगायतको तीन प्रकारको सिमेन्ट उत्पादनको तयारी भएको उनको भनाइ छ। प्रतिस्पर्धात्मक बजारमा कान्छो उद्योगको रूपमा आएको प्युठान सिमेन्ट सर्वसुलभ मूल्यमा गुणस्तरीय उत्पादन रहेको उद्योगले बताएको छ। उच्च गुणस्तरयुक्त चुन ढुंगाको प्रयोगबाट सिमेन्ट उत्पादन गरिएको हुँदा प्युठान सिमेन्ट उच्च गुणस्तरकै रहेको उनले बताए।

उद्योगले उत्पादनसँगै नयाँ र थप प्लान्टसमेत सुरु गरिसकेको छ। अहिलेको लगानीमा झन्डै ५ अर्ब लगानी थप गरेर १० अर्ब लगानी पुर्‍याई प्लान्ट विस्तार गर्न थालेको अर्यालको भनाइ छ। नेपाली लगानीकर्ता सहभागी उद्योग शुभ श्री अग्नी सिमेन्ट केही पुराना सिमेन्ट उद्योगका लगानीकर्ताको पनि लगानी छ। उद्योगमा नेपाली लगानीकर्ता १४ छन्।

पछिल्लो समय दाङ र आसपासमा क्षेत्रमा सिमेन्ट उद्योग स्थापना हुने क्रम बढिरहेको छ। दाङमा मात्रै तीनवटा सिमेन्ट उद्योग सञ्चालनमा छन्। अन्य केही उद्योग सञ्चालन र निर्माणको तयारीमा छन् भने अर्घाआँचीको शितगंगा–कालाकाटे क्षेत्र र रोल्पामा पनि एक÷एक उद्योग सञ्चालनमा छन्। सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ र आवश्यक क्षेत्रसमेत सहज रूपमा उपलब्ध हुन थालेपछि पछिल्लो समय यस क्षेत्रमा सिमेन्ट उद्योग स्थापना हुने क्रम बढेको छ।

दाङमा सोनापुर सिमेन्ट, घोराही सिमेन्ट, सम्राट सिमेन्ट रोल्पामा रोल्पा सिमेन्टले उत्पादन गरिरहेका छन्। यो क्षेत्रमा सिमेन्ट उद्योगमा ५० अर्ब लगानी भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.