मदन भण्डारी लोकमार्ग कालोपत्रे

मदन भण्डारी लोकमार्ग कालोपत्रे

गुल्मी : मदन मण्डारी राजमार्ग सडक कालोपत्रे भएपछि गुल्मीका दुर्गम गाउँमा पुग्ने यात्रा सहज बनेको छ। छिमेकी जिल्ला प्यूठान, रोल्पा र दाङहुँदै जाने उक्त लोकमार्गले गुल्मीका दुर्गम गाउँलाइ समेटेको छ।

रेसुंगा नगरपालिकाको छल्दी पनाहसहित मालिका, धुर्कोट, इस्मा र मदाने गाउँपालिकाहुँदै लोकमार्ग निर्माण भएपछि घण्टौँ लाग्ने यात्रा आधा कम भएको छ। कालोपत्रे सडकहुँदै यात्रा गर्न सदरमुकाम पुग्नुे बाटो सहज बनेको गाडी चालक बसन्त श्रीसले बताए।

‘हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडक भएर जानुपर्दथ्यो’,चालक श्रीसले भने, ‘तीन घण्टा लाग्ने सडक एक घण्टामा छोटिएको छ।’    तम्घासदेखि सिमलटारीसम्मको खण्ड हाल कालोपत्रे गर्ने काम भइरहेको छ। यसअघि तम्घास सिमलटारी सडक खण्डले चिनिएको उक्त आयोजना अघिल्लो वर्षदेखि मदन भण्डारी राजमार्गले नामाकरण गरिएको हो। मालिका, इस्मा र मदाने क्षेत्रमा जिल्लाबाट धेरै सवारीहरु छुट्ने गर्दछन्। गाउँमा उत्पादन हुने कृषि उपजका सामग्री सहजै सदमुकामसम्म ढुवानी गर्न मिल्ने भएको छ।

यस सडक खण्ड अन्तर्गत २१ किलोमिटर कालोपत्रे भइसकेको सडक आयोजना गुल्मीका कार्यालय प्रमुख इञ्जिनियर सन्तोष कर्णले जानकारी गराए। चालु आवको असार मसान्तभित्र २७ किलोमिटर सडक कालोपत्रे भइसक्ने उनले बताए।

कर्णका अनुसार चालु आवमा गुल्मी कार्यालय मार्फत ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसमध्ये जेठ मसान्तसम्म ९ करोड १८ लाख ५९ हजार ९ सय ८ रुपैयाँ भुक्तानी भइसकेको छ। मौसम प्रतिकुलताका कारण दैनिक कामकाजमा समस्या भइरहेको प्रमुख कर्णले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.