सिन्धुलीमा ट्याक्टर दुर्घटना: दुईको मृत्यु, एक घाइते
![सिन्धुलीमा ट्याक्टर दुर्घटना: दुईको मृत्यु, एक घाइते](https://annapurnapost.prixacdn.net/media/albums/accident_20190217102945_UxYp36nGi6.jpg)
सिन्धुली : मरिण गाउँपालिका- २ मुंग्रेमा ट्याक्टर दुर्घटना हुँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा मरिण गाउँपालिका- ४ मरुवा बस्ने वर्ष १३ का सुकमान जिम्वा र ३ वस्ने वर्ष १४ का सागर माझी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए।
यस्तै, सोही दुर्घटनामा परी मरिण गाउँपालिका- ३ का वर्ष १४ का अभिषेख माझी घाइते भएका छन्। मुंग्रेबाट सखौरीतर्फ आउँदै गरेको अनटेस्ट ट्याक्टर सोमबार होटौडा-चतरा सडकखण्डअन्तरगत मुंग्रेमा अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनापछि ट्याक्टरका चालक स्याम माझी फरार छन्।मृतक दुबै बालकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपीलाकोटमा ल्याइएको छ भने घाइतेको पनि सोही केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)