'सारेगमप' का सेकेन्ड रनरअप प्रितमलाई गृहनगरमा भब्य स्वागत

'सारेगमप' का सेकेन्ड रनरअप प्रितमलाई गृहनगरमा भब्य स्वागत

इटहरी : भारतीय रियालिटी शो सारेगमप लिटल चाम्प्‍स दोस्रो रनरअप भएका इटहरीका प्रितम आचार्यलाई नेपालमा भव्य स्वागत गरिएको छ।

भारतीय नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेका उनलाई झापा, मोरंग र सुनसरीमा स्वागत गरिएको हो। झापाको काँकडभिट्टाबाट नेपाल प्रवेश गरेका उनलाई झापा र मोरंगका ठाउँ ठाउँमा फूलमालासहित स्वागत गरिएको थियो।

इटहरीमा आयोजित सम्मान कार्यक्रममा उनलाई इटहरीका विभिन्न वडाका वडाध्यक्षसहित आम नागरिकहरुले सम्मान गरेका थिए। सम्मानपछि बोल्दै प्रितमले आफ्नो अनुभव सुनाएका थिए। उनले आफूलाई दिइएको अफ्ठेरो गानासमेत गाउन सकेको भन्दै जीटीभीसम्मको यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

प्रितमलाई जीटीभीको यात्रासम्म सहयोग गर्ने इटहरीका संगीतकर्मी तथा संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले प्रितमको उपलब्धीका कारण इटहरी साँस्कृतिक नगरी बनेको घोषणा गरे। ‘प्रितमको यो उपलब्धी कसैले दानमा दिएको होइन,’ उनले भने, ‘आफ्नै मेहेनतबाट उनले यो सफलता हात पारे, यो नगर तथा नेपालकै लागि गौरवको कुरा हो।’

प्रितमका बुवा काशीनाथ आचार्यले छोराको प्रगती देखेर खुसी लागेको प्रतिक्रिया दिए। उनले आगामी दिनमा पनि सबैबाट सहयोगको अपेक्षा राखेको बताए।

जीटीभीबाट प्रशारण हुने उक्त रियालिटी शोमा प्रितमले वाहवाह बटुल्न सफल भएका थिए। उनको प्रस्तुतीबाट जजहरुका साथै भारतीय कलाकारहरुसमेत प्रभावित बनेका थिए। कतिपय कलाकारहरुले त सामाजिक सञ्जालमै प्रितमको गायकीको प्रसंसा गरेका थिए।

११ वर्षिय प्रितमसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दातेले उक्त शोको फाइनलमा प्रतिस्पर्धा गरेका थिए।

प्रितम उक्त प्रतिष्पर्धाका सबै कार्यक्रमहरुमा खरो उत्रिएका थिए। उनले धेरैजसो कार्यक्रममा सबै निर्णायकहरुको मन जित्दै ‘चार्ट बस्र्टर पर्फरमेन्स’ दिएका थिए। केही प्रस्तुतीमा उनलाई जजहरुले स्टेजमै पुगेर बोकेका थिए।

नेपाल टेलिभिजनबाट प्रशारण भएको सुरशालाको राष्ट्रिय प्रतिष्पर्धामा फस्र्ट रनरअप घोषित भएका प्रितमसँग सुरशालाका विजेता आयुष केसी पनि लिटल चाम्प्स्को फाइनलमा पुगेका थिए। आयुष भने प्रतियोगितामा चौथो बनेका थिए।

सानै देखि अभिनय र गायनमा रुची राख्ने प्रितमको गायकीसँगै स्टेज प्रस्तुतीले दर्शकहरुलाई मोहित बनाएको थियो। उनी प्रतिष्पर्धामा गएदेखि नै उनलाई सहयोग गर्न इटहरीका कलाकार, शिक्षक, पत्रकारहरु जुटेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.